
शुक्रवार मलेशियामा नेपालबाट आएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । मलेशियाको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा सो जानकारी दिइएको हो ।
मलेशियामा कोभिड १९ को संक्रमित देखिन थालेयता शुक्रवार एकैदिन सवैभन्दा धेरै व्यक्तिको एकै दिन ज्यान गएको हो । शुक्रवार मलेसियामा १० जनाको कोभिडका कारण मृत्यु भएको छ । यसैगरी ७ सय १० जना नयाँ संक्रमित फेला परेका छन् । ७ सय १० मध्ये एक मात्र व्यक्ति मलेशिया बाहिरबाट अर्थात नेपालबाट आएको जनाइएको छ ।
हाल मलेशियामा ८ हजार ४ सय १६ जना सकृय संक्रमित रहेको तथा हालसम्म २४ हजार ५ सय १४ जना संक्रमित भएका छन् ।