नेपालबाट मलेसिया पुगेका एक व्यक्तिमा कोरोना पुष्टि

नेपालबाट मलेसिया गएका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । मलेसियामा मंगलवार गरिएको परीक्षणमा ति व्यक्तिमा कोरोना देखिएको र उनी नेपालबाट गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलवार मलेसियामा ६ सय ६० जना व्यक्तिमा कोभिड-१९ को संक्रमण पुष्टि भएको र अन्य व्यक्तिको संक्रमण स्थानीय स्तरबाट सरेको भएपनि एक नेपाली भनें कोरोना संक्रमण भएर नै मलेसिया आइपुगेको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार देखिएको संक्रमितको संख्या मलेसियामा कोरोनाको संक्रमण देखिन थालेयताकै दोश्रो ठूलो संख्या हो । कुल संक्रमित मध्ये ४ सय ४३ जना सवाहमा भेटिएका छन् । यसैगरी सेलेंगरमा ७६ जना तथा पेनाङमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय