साउदीले दियो गैर कानूनी रुपमा बसेका १ हजार ९४ नेपालीलाई एक्जिट भिषा

साउदी अरेवियाको सरकारले गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीलाई एक्जिट भिषा (बहिर्गमन भिषा) दिएको छ । साउदी स्थित नेपाली दूतावासका अनुसार दूतावासको अनुरोधमा साउदी अरेवियाले हालको एक्जिट भिषा दिने प्रकृया सुरु भएपछि हालसम्म १ हजार ९४ जनालाई एक्जिट भिषा दिएको हो ।

साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिष दिएको हो । अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिषाका लागि साउदी सरकारलाई गरेको अनुरोध अनुसार नै साउदी सरकारले बहिर्गमन भिषा दिएको दूतावासले जनाएको छ ।

यस्तो भिषाका लागि दूतावासमा झुट्टो विवरण दिएर बहिर्गमन भिषाका लागि निवेदन दिएमा र दूतावासको सिफारिस अनुसार बहिर्गमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्ने दूतावासले जनाएको छ । बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । दूतावासले यसअगाडी नै १ हजार ५८ जनाको सूचि प्रकाशित गरिसकेको भन्दै थप ३६ जनाको एक्जिट भिषा प्राप्त भएको जनाएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय