मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुलेको अभियोगमा नेपाली नै पक्राउ

मलेसियामा व्यवसाय गर्ने एक नेपाली त्यहाँ एक नेपालीलाई नै बन्धक बनाएर रकम असुलेको अभियोगमा पक्राउ परेका छन् । मलेसियामा डेभिड भनिने चिनिने दुर्गाबहादुर श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार पक्राउ गरेको हो । उनी नेपाल आएको समयमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार श्रेष्ठले मलेसियामै काम गर्ने मोहम्मद रैदासलाई नियन्त्रणमा लिएर ७ दिनसम्म अपहरण गरेका थिए । उनले रैदासकी श्रीमतिलाई नेपालमा फोन गरेर पटक पटक गरी रकम असुलेर छोडेको प्रहरीको भनाई छ । ब्यूरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार रैदासकी श्रीमतीले पटक पटक गरी १५ लाख ९२ हजार रकम श्रेष्ठलाई पठाएकी थिइन् ।

मलेसियामा रेष्टुरेण्ट चलाउने श्रेष्ठ २२ बर्षदेखि त्यहाँ रहेको बताइएको छ । श्रेष्ठले आफ्ना चालकको कोठामा रैदासलाई बन्धक बनाएर राखेको प्रहरीको भनाई छ । बन्धक बनाइएका रैदासकी श्रीमतिले हिमालय बैंक मार्फत रकम जम्मा गर्न थालेपछि प्रहरीसम्म घटनाको जानकारी पुगेको थियो ।

श्रेष्ठलाई मंगलवार काठमाडौंको कान्ती बाल अस्पताल नजिकबाट एउटा जिपमा यात्रा गरिरहेको समयमा पक्राउ गरिएको प्रहरीको भनाई छ । बन्धक बनाइएको घटना ३ महिना अगाडीकोे हो । बैंकमा जम्मा गरिएको रकम श्रेष्ठले नेपाल फर्केर निकालेपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

यो पनि पढ्नुहोस् नेपाली सुरक्षा गार्डप्रति मलेसिया असन्तुष्ट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय