कतारमा बेरोजगार हुनुहुन्छ ? रोजगारीका लागि यो फारम भर्नुहोस्

तपाई कतारमा बेरोजगार हुनुहुन्छ ? रोजगारीको खोजिमा हुनुहुन्छ तर रोजगारी नपाएर स्वदेश फर्किने योजनामा हुनुहुन्छ भनें तपाईका लागि एउटा अवशर हुन सक्छ कतारमा रोजगारी प्राप्त गर्ने । कतार सरकारले पछिल्लो समयमा कतारमा कार्यरत आप्रवासी श्रमिकहरु जसको करार अवधि सकिएको छ, उनीहरुलाई कतारमा नै रोजगारीमा जोड्ने उद्धेश्यले यस्तो कार्यक्रम ल्याएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले कतारमा तत्काल बेरोजगार भई कामको खोजिमा रहेका र विशेष गरि अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई लक्षित गर्दै यस्तो कार्यक्रम अगाडी सारेको हो ।

तपाई बेरोजगार हुनुहुन्छ र रोजगारी नपाएका कारण स्वदेश फर्किने योजनामा हुनुहुन्छ भनें रोजगारीका लागि निवेदन दिन सक्ने गैर आवासिय नेपाली संघ (एनआरएनए), कतारले जनाएको छ । यसका लागि संघले गुगल फर्म मार्फत आफ्नो विवरण उपलव्ध गराउन आग्रह गरेको छ ।

एनआरएनए, कतारका महासचिव पदम गिरीले हालको स्थितिमा बतारमा अवैधानिक रुपमा बस्दै आएका श्रमिकहरुले पनि विवरण पेश गरि रोजगारीको अवशर प्राप्त गर्न सक्ने बताएका छन् । तपाई रोजगारीका लागि ईच्छुक हुनुहुन्छ भनें यो लिंकमा क्लीक गरेर फारम भर्नुहोस् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय