फ्रन्टलाइनरलाई लगाउन थालियो कोरोना विरुद्धको भ्याक्सिन

कोरोना भाइरस (कोभिड-१९) का कारण अहिले संसार त्रस्त छ । महिनौं लामो लकडाउन र बन्देजका वावजूद कोरोनाको संक्रमण नियन्त्रण बाहिर नै छ । संसारको ध्यान हाल कोभिड-१९ विरुद्धको भ्याक्सिनमा केन्द्रीत छ । यसबीचमा केहि सकारात्मक सन्देशहरु प्रवाह हुन थालेका छन् । पछिल्लो समयमा युएईमा कोरोना विरुद्धको भ्याक्सिन फ्रन्टलाइनरलाई दिन थालिएको छ ।

गल्फ न्यूजका अनुसार युएईको अवुधावीमा कोभिड-१९ महामारी विरुद्ध अग्रमोर्चा (फ्रन्टलाइन) मा कार्यरतहरुलाई कोभिड-१९ विरुद्धको भ्याक्सिन दिन थालिएको छ । चीनद्धारा निर्मित सो भ्याक्सिन तेश्रो चरणको परीक्षणमा निक्कै प्रभावकारी देखिएको भन्दै युएईको सरकारले गत सेप्टेम्वर १५ मा नै कोभिड १९ को महामारी विरुद्ध अग्रमोर्चामा कार्यरतहरुलाई भ्याक्सिन दिने अनुमति दिएको थियो ।

युएईमा दुई महिना अगाडी देखि नै सो भ्याक्सिनको तेश्रो चरणको परीक्षण चलिरहेकोे छ । सो क्रममा विभिन्न मुलुकका ३१ हजार स्वयंसेवी सहभागि भएको र उनीहरुमा भ्याक्सिनले प्रभावकारी रुपमा काम गरेको देखिएको जनाइएको छ ।

भ्याक्सिन प्रभावकारी देखिएपछि युएईका उच्च पदस्थ व्यक्तिहरुले पनि सो भ्याक्सिन लगाउन थालेका छन् । विहिवार मात्र अबुधावीको एक उच्च अधिकारीले भ्याक्सिन लगाएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् । यसअघि युएईका स्वास्थ्य मन्त्रीले पनि सो भ्याक्सिन लगाएका थिए । युएईसँगै सो भ्याक्सिन बहराइन, जोर्डन तथा ईजिप्टमा परीक्षण गरिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय