साउदी, कतार र कुवेतबाट असोज १५ देखि नियमित उडान खुल्ला गर्ने निर्णय

पिसिआरए जाँच सहज रुपमा हुने व्यवस्था नभएका मुलुक भन्दै यसअघि सरकारले नियमित उडान नखोलेका मुलुकहरु साउदी अरेविया, कतार र कवेतबाट नियमित उडान सुरु हुने भएको छ । साउदी अरवको रियाद, कतारको दोहा र कुवेतबाट नियमित उडान सुरु हुने भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले ट्वीट गर्दै अक्टोवरको उडान तालिका सार्वजनिक भएको र त्यसमा कतार, साउदी अरव र कुवेत पनि समेटिएको जनाएका छन् । नियमित उडान नहुँदा ति मुलुकहरुबाट यस अगाडी चार्टर्ड उडान मात्र हुँदै आएको छ । तर नियमित उडानको भाडादर निक्कै चर्को भएपछि पर्याप्त उडान सञ्चालन गर्नुपर्ने माग विभिन्न देशमा रहेका नेपाली राजदूत लगायतले उठाउँदै आएका छन् ।

नयाँ उडान तालिका अनुसार अव अक्टोवर देखि दैनिक सरदर १५ वटासम्म उडान हुनेछन् । कतारबाट नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सलाई नियमित उडानको अनुमति दिइएको छ भनें साउदी अरवको रियादबाट उडानका लागि हिमालय एयरलाइन्सले अनुमति पाएको छ । कुवेतबाट भनें कुवेतको जजिरा एयरले नियमित उडान गर्नेछ । यस अगाडी कुवेतबाट विभिन्न घर फिर्ति केन्द्रमा राखिएकाहरुलाई जजिरा एयर मार्फत नै स्वदेश फर्काइएको थियो भनें नेपाल एयरलाइन्स तथा हिमालय एयरलाइन्सले चार्टर्ड फ्लाइट गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय