कतारमा आप्रवासी श्रमिकले रोजगारदाता परिवर्तन गर्न पाउने सम्वन्धमा मन्त्रालयद्धारा थप प्रष्टिकरण

कतारमा आप्रवासी श्रमिकले आफ्नो आवासिय अनुमति (रेजिडेन्सी पर्मिट) को समयावधि सकिएको ९० दिनभित्र समेत रोजगारदाता परिवर्तन गर्न पाउने भएका छन् । आइतवार प्रकाशित मन्त्री स्तरीय नयाँ आदेशले यसका बारेमा स्पष्ट पारेको हो ।

कतारबाट प्रकाशित हुने अनलाइन द पेनन्सुलाका अनुसार नयाँ निर्णय अनुसार यदि कुनै रोजगारदाताले त्यसरी श्रमिकलाई रोजगारीमा लगाउन चाहेमा नयाँ सम्झौता पत्रसहित आवेदन दिन सक्नेछन् । यो निर्णय सरकारी राजपत्रमा समेत आइतवार प्रकाशित भएको छ । सो राजपत्र कतारको कानून मन्त्रालयले आइतवार ट्वीटरमा पनि पोष्ट गरेको छ ।

रोजगारदाता परिवर्तन गर्न चाहने श्रमिकको आवासिय अनुमति (रेजिडेन्सी पर्मिट) वैध हुनु पर्ने वा श्रमिकको कावु बाहिरको अवस्थामा रहेर त्यस्तो अनुमतिको समयावधि सकिएको ९० दिन नकटेको हुनुपर्ने नयाँ कानूनले स्पष्ट पारेको हो । त्यस्ता श्रमिकलाई अल्पकालिन समयका लागि रोजगारीमा राख्न चाहेमा श्रमिकसँगको करार सम्झौता सहित नयाँ रोजगारदाताले आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस् स्वदेश फर्केर व्यवसायमा जुटे युवा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: