युएईका स्वास्थ्य मन्त्रीले लगाए कोरोना विरुद्धको खोपको पहिलो डोज

संयुक्त अरव ईमिरेट्स (युएई) का स्वास्थ्य मन्त्री अव्दुल्लारहमान अल वाइसले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । यहि हप्ता युएईले अग्रमोर्चामा खटिएकाहरुका लागि लगाउने अनुमति प्रदान गरेको चिनियाँ खोपको पहिलो डोज स्वास्थ्य मन्त्री वाइसले लगाएको स्थानीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।

युएई लगायतका मुलुकमा चलिरहेको सो खोपको तेश्रो चरणमा खोप निक्कै प्रभावकारी देखिएको र सो खोप लगाएपछि शरिरमा कोभिड-१९ विरुद्धको एण्टीबडी तयार भएको भन्दै युएईले सो खोप अग्रमोर्चामा खटिएकाहरुलाई लगाउने अनुमति प्रदान गरेको थियो । विभिन्न मुलुकका ३१ हजार नागरिकलाई सो खोप तेश्रो चरणको परीक्षण अन्तर्गत लगाइएको र नतिजा राम्रो आएको युएईले स्पष्ट पारेको थियो । यसरी परीक्षण गरिएकाहरु मध्ये १ हजार दिर्घरोगिहरु रहेको र उनीहरुमा पनि खोप प्रभावकारी रहेको समाचारमा जनाइएको छ ।

चीनको सिनोफार्मले तयार पारेको सो खोपको माध्यमबाट कोभिड-१९ विरुद्धको लडाईमा अग्रमोर्चा खटिएका स्वास्थ्यकर्मीहरुलाई बचाउन मद्धत गर्ने अपेक्षा स्वास्थ्यमन्त्री वाईसले प्रकट गरेको युएईको अनलाइन द नेशनलले जनाएको छ ।

सिनोमार्फले खोपको पहिलो र दोश्रो चरणमा चीनमा नै परीक्षण गरेर तेश्रो चरणमा युएईका साथै बहराइन तथा जोर्डनमा परीक्षण गरिरहेको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय