
कतार एयरवेजले काठमाडौंबाट हप्तामा तीन उडान गर्ने भएको छ । काठमाडौंबाट कतार एयरले अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्ट मार्फत उडान गर्ने घोषणा गरेको छ । काठमाडौंबाट सोमवार, विहिवार तथा शनिवार उडान गर्ने तयारी छ ।
ति उडानमा नेपालको नियमानुसार नेपाली नागरिक, संयुक्त राष्ट्र संघका विभिन्न निकायमा कार्यरतहरु, विकास परियोजनाका साझेदारहरू, नेपालमा कार्यरत सबै दूतावासहरूले उडान भर्न सक्ने जनाइएको छ ।
नेपाल यात्रा गर्न चाहने यात्रीहरूले उडानको समयको ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने तथा अनलाइन फारम भरेको हुनुपर्ने जनाइएको छ ।