स्वदेश फर्किन नियमित उडानको भाडा चार्टर्डमा भन्दा झण्डै दोव्वर !

 

विदेशमा अलपत्र परेकाहरुको नेपाल फिर्तिका लागि चार्टर्ड उडानमा महँगो भाडा कायम गरेर सरकार एयरलाईन्स कम्पनीहरुको व्यापारमा सहयोगि बनेको भनेर आलोचना भइरहँदा अव सुरु हुन लागेको नियमित उडानमा त्यो चन्दा झण्डै दोव्वर भाडा असुल्न एयरलाइन्स कम्पनीहरु अगाडी सरेका छन् । यसले नियमित उडान सुरु भएपछि सुलभ भाडामा स्वदेश फर्किने आशामा बसेकाहरुलाई थप चिन्तित तुल्याएको छ ।

युएईको दुवईबाट नेपालमा चार्टर्ड उडान गरिरहेको नेपाल एयरलाईन्सले नियमित उडानको बुकिङ खोलेसँगै भाडादर आकाशिएको थियो । बुधवार नेपाल एयरलाइन्सको आगामी सेप्टेम्वर २९ (असोज १३ गते) का लागि २ हजार २ सय ७० दिराम (६१७ अमेरिकी डलर) भाडादरमा टिकट उपलव्ध थियो । विहिवार भनें नेपाल एयरलाइन्सको कुनै पनि उडानका लागि सिट उपलव्ध नभएको सन्देश अनलाइनमा देखिन्छ ।

हाल चार्टर्ड उडानमा दुवईबाट नेपालका लागि नेपाल एयरलाईन्सको एकतर्फी भाडादर ३ सय ६० डलर रहेको छ । हिमालय एयरलाईन्सले चार्टर्ड उडानमा एकतर्फी रुपमा प्रतिव्यक्ति ३ सय ८५ डलर भाडा तोकेको छ । यसले नियमित उडानमा चार्टर्ड उडानमा भन्दा झण्डै दोव्वर भाडा पर्न जाने देखिएको हो ।

एअर अरेवियाको भनें सेप्टेम्वर ६, २० र २९ तारिखका लागि तय भएको छ । अनलाइन मार्फत बुकिंग गर्न खोज्दा ति तीनवटै फ्लाइटमा सिट नभएको देखिन्छ । फ्लाई दुवर्ईको पनि सेप्टेम्वरमा ८, १५ र २२ तारिखका लागि उडान तय भएपनि अनलाइन मार्फत सेप्टेम्वरको बुकिंग उपलव्ध छैन ।

चार्टर्डमा ट्राभल एजेन्सीमा टिकट पाइन्न, दलालसँग फालाफाल
हाल युएई लगायतका मुलुकबाट चार्टर्ड उडान गरिरहेको नेपाल एयरलाईन्सको टिकट तोकिएको ट्राभल एजेन्सी मार्फत लिन मुस्किल रहेको भुक्तभोगीहरुको गुनासो छ । युएईमा रहेका शिव हुमागाईं भन्छन्, “नेपाल एयरलाईन्सको टिकट लिन ताकिएको ट्राभल एजेन्सीमा जाँदा उडान तय भईसकेपछि आउनु भनिन्छ, उडान तय भएपछि जाँदा टिकट सकिइसकेको भनिन्छ ।” उनले अगाडी थपे, “तर दलाललाई १ हजार ७ सय दिराम (तोकिएभन्दा झण्डै ४ सय बढी) तिर्ने हो भनें हातहातै टिकट पाइन्छ ।” दूतावासले यसमा कडाई नगरेको उनको गुनासो छ ।

युएईमै रहेका र नेपाल फर्किने पर्खाईमा रहेका सिताराम गिरीले आफू एक महिनादेखि विरामी भएर बसेको, कम्पनीले नेपाल फर्किनु भनेका कारण नेपाल फर्किने पर्खाईमा रहेको भन्दै फर्किने टिकट काटेर फर्किन खोज्दा पनि नपाएको भन्दै मद्धतका लागि आग्रह गरे । “मुटुको समस्या छ, उपचार गर्ने पैसा छैैन, टिकट काटेर घर जान्छु, आफ्नै देशमा उपचार गर्छु, मरें भनें पनि आफ्नै देशमा मर्छु भन्दा पनि फर्किन पाएको छैन” गिरीले भने ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: