स्वदेश फर्किन महँगो टिकटसँगै सवै खर्च श्रमिकलाई बोकाउनु नाजायजः नेपाली काँग्रेस

नेपाली काँग्रेसले सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महँगो टिकटसँगै सवै खर्च श्रमिकलाई बोकाउनु मानवियता हो वा सर्वहारा माथि अधिनायकवाद हो भनि प्रश्न उठाएको छ । सदनको मुख्य प्रतिपक्षि दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई “खाडीका श्रमिक बर्ग शत्रु हुन् ?” भनेर पनि सोधेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले विज्ञप्ती प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशको पालना नगरी सरकारले महँगो चार्टर्ड फ्लाइटको टिकट देखि अन्य सवै खर्च श्रमिकले नै व्यहोर्नुपर्ने व्यवस्था गरी पिडा माथि पिडा थप्न लागेको भन्दै यसले गम्भीर तुल्याएको बताएका छन् । गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका र आफ्नै खर्चमा नेपाल फर्किन नसक्नेहरुको पहिचान गरी उनीहरुलाई सरकारी कोषबाटै उद्वार गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

विज्ञप्तीमा प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ््यारोमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व भएको भन्दै यस विषयमा आफ्नो दलले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्री देखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको उल्लेख गरिएको छ ।

६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्नू कति न्यायोचित हो भन्ने प्रश्न गर्दै काँग्रेसले सरकारको सो निर्णय सर्वोच्चको गत असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन भन्ने प्रश्न उठाएको छ ।

मन्त्रीपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाईटको अनुमति दिएको र कछुवा गतिमा उद्धार गर्दा नेपाली श्रमिकको उद्धारमा महिनौं लाग्ने भन्दै यसले सरकारले विदेशमा समस्यामा रहेका नेपालीको पीडा नबुझेको बताएको छ ।

सरकारको पछिल्लो निर्णयले उद्वारमा लामो समय लाग्ने मात्र नभई महँगो टिकट, होटल क्वारेण्टिनको खर्च, पीसिआर परिक्षण र गाउँसम्म पुग्ने यातायात खर्च समेत श्रमिक आफैंले हाल्नुपर्ने अवस्था आएको नेपाली काँग्रेसको भनाई छ । विज्ञप्तीमा सरकारी खर्चमै क्वारेन्टाइन, पीसिआर परिक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस् विदेशबाट आउनेलाई क्वारेन्टिनमा राख्न ३५ सय बेड तयार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: