मलेसियामा अलपत्र परेकी उनलाई चिन्नुहुन्छ ? मद्धतका लागि फोन गरौं

आफ्नो नाम सविना राई (कटुवाल) बताउने अन्दाजी ३८ बर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित विगत ६ महिनादेखि मलेशियाको सुवाङ्गको, ग्लेनमरी भन्ने ठाउँको सार्वजनिक पार्कमा अलपत्र अवस्थामा बस्दै आएकी छन् । सविना आफ्नो छोरा सहित वोराले बारेको छाप्रोमा विगत ६ महिनादेखि अत्यन्त दयनिय अवस्थामा बसिरहेकी छन् । सविना र उनका छोरालाई उद्दार गर्न मलेसियामा भएका नेपालीहरुले पहल भएपनि अहिलेसम्म उद्दार गर्न नसकिएको हो ।

गैरआवासीय नेपाली संघ, मलेशियाकी महिला उपाध्यक्ष शुभद्रा कुमारी लिम्बुका अनुसार गएको महिना केही नेपालीले सविना र उनको छोरालाई नेपाली रेष्टुरामा लगेर राखेको तर उनी फेरी आफू बस्दै आएको पार्कमा नै छोरा लिएर फर्किएर आएकी छन् । उनको नेपालमा भएका आफन्त र गाउँलेजन सम्पर्कमा आउन लिम्बुले आग्रह गरेकी छन् ।

लिम्बुका अनुसार सविनाले आफ्नो घर नेपालमा पात्ले गाउँ, ओखलढुङ्गा वडा नं ७ हो र बुवाको नाम विष्णु बहादुर राई हो भनेकी छन्। उनका अनुसार उनी पाँच बर्ष पहिले बैदेशिक रोजगारीको मलेशियाको जोहोरवारु भन्ने स्थानमा आएको र पछि कम्पनीबाट निस्कीएर रेष्टुरामा काम गरेकी थिइन् । सोही समयमा उनको छोरा जन्मिएको हो । “सविनाको साथमा कुनै परिचय पत्र छैन, पैसा लिन पनि मान्नुहुन्न र आमा छोरा यहि संगै बाच्छौं र संगै मर्छौ भनेर भनिन्” लिम्बुले भनिन् ।

“खुला पार्क नजिकै गाडि राख्न आउनेले केहि खाना दिँदा रहेछन् नभए आमा छोरा भोकै बस्दा रहेछन् लिम्वूले भनिन् ।
सविनालाई पहिला उपचारको खाँचो देखिएको लिम्वूको भनाई छ ।

सविनाका आफन्त वा चिन्नुहुनेले मलेशियाको दुतावासको सम्पर्क नं ०३–२०२०१८९८ वा शुभद्रा लिम्बुलाई ०३–२०७२०६६३, ६०१०२०२८०१३ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
(मलेसियाबाट सपना बस्यालले पठाएको समाचार)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: