लकडाउन अवधिको पारिश्रमिकका विषयमा रोजगारदाता र ट्रेड यूनियनहरुबीच सहमति

कोभिड १९ का कारण मुलुकमा भएको लकडाउन (बन्दाबन्दी) को समयावधिको तलव भुक्तानीका विषयमा रोजगारदाताहरु तथा ट्रेड यूनियनहरुबीच सहमति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी) बीच भएको छलफलबाट सहमति जुटेको हो ।

उद्योग प्रतिष्ठानहरुले २०७६ चैत्र महिनाको पुरा पारिश्रमिक भुक्तानी गर्ने सहमति भएको छ । यसैगरी गत बैशाखको पारिश्रमिक मध्ये ५० प्रतिशत उपलव्ध गराउने र जेष्ठ महिनामा लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत भुक्तानी गर्न दुवै पक्ष सहमत भएका छन् ।

यसैगरी उद्योग व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, अलडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकहरुलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्वन्धित बस्तुगत संघ तथा सो क्षेत्रसँग सम्वन्धित उद्योग प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड यूनियनहरुले आपसी छलफल गरी सहमति गर्न सक्ने सहमति पत्रमा उल्लेख छ ।

लकडाउन अन्त्य भई काममा आउने श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्ने तर आँशिक रुपमा उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने भई केहि श्रमिकलाई मात्र काममा लगाउन सक्ने अ वस्था भएमा सवै श्रमिक कर्मचारीहरुको रोजगारी सुनिश्चितताको लागि उद्योग प्रतिष्ठानले श्रमिक संख्या यकिन गरेर श्रमिकहरुलाई कार्यसिफ्ट तोकेर आलोपालो काममा लगाउन सक्ने सहमति भएको छ । श्रमिकले काम गरेको अनुपातमा पारिश्रमिक भुक्तानी हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय