कतारबाट स्वदेश फर्किनेहरुका लागि थप उडान तय

कोभिड १९ का कारण सिर्जना भएको समस्याका कारण कतारबाट तत्काल नेपाल फर्किन चाहनेहरुका लागि थप उडानहरु तय भएका छन् । कतार स्थित नेपाली दूतावासका अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले जुलाई र अगष्टको पहिलो हप्ताका लागि थप उडानको सूचि पठाएको छ ।

दूतावासका अनुसार हिमालय एयरलाइन्सले कतारबाट जुलाई ३१, अगष्ट ३, अगष्ट ५ का लागि तीनवटा थप उडानको सूचि पठाएको छ । यसैगरी नेपाल एयरलाइन्सले अगष्ट १, ३ र ४ तारिखमा उडान गर्ने भएको छ । दूतावासले यसअगाडी प्रकाशित गरिएको प्राथमिकता सूचिमा नाम भएका व्यक्तिहरुले ति उडानका लागि टिकट काट्न सक्ने जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय