यी हुन् वैदेशिक रोजगारमा धेरै नेपाली जाने १० जिल्ला, मुख्य ५ गन्तव्य मुलुकहरु

गत आर्थिक बर्षमा नयाँ, पुनः श्रम स्वीकृति लिएर, वैधानिकरण तथा व्यक्तिगत श्रम स्वीकृति गरी ३ लाख ६८ हजार ४ सय ३३ नेपाली रोजगारीका लागि विदेशिएका छन् । यस मध्ये १ लाख ९० हजार ४ सय ५३ जना नयाँ गएका हुन् भनें अन्य पुनः श्रम स्वीकृति लिनेहरु हुन् ।
वैदेशिक रोजगार विभागका अनुसार गत बर्ष सवैभन्दा धेरै नेपाली धनुषा जिल्लाबाट रोजगारीका लागि विदेशिएका छन् । धनुषाबाट गत आर्थिक बर्षमा १० हजार २ सय १ नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका छन् । यसैगरी दोश्रोमा झापा जिल्ला रहेको छ । झापाबाट ९ हजार ४ सय १७ जना रोजगारीका लागि विदेशिएका छन् । तेश्रोमा सिरहा जिल्ला रहेको छ । सिरहाबाट ८ हजार ६ सय ३३ जना विदेश गएका छन् ।

रोजगारीका लागि विदेश जानेहरुको संख्याका आधारमा मोरङ चौथो जिल्ला रहेको छ । सो जिल्लाबाट गत आर्थिक बर्षमा ८ हजार १ सय ५७ जनाले श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार त्यसपछि महोत्तरी जिल्ला रहेको छ । महोत्तरीबाट ७ हजार ७१ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएको देखिन्छ ।

छैठौंमा सुनसरी जिल्ला रहेको छ जहाँबाट ५ हजार ८ सय ८३ नेपाली गत आर्थिक बर्षमा रोजगारीका लागि विदेशिएका थिए । सातौंमा रहेको सर्लाहीबाट ५ हजार ७ सय ५२, आठौंमा नवलपरासीबाट ५ हजार ७ सय, नवौंमा सप्तरीबाट ५ हजार ५ सय ९० तथा दशौंमा रुपन्देहीबाट ४ हजार ६ सय ४० नेपाली रोजगारीका लागि विदेशिएको तथ्याँक छ ।

नेपालीका लागि रोजगारीका मुख्य ५ गन्तव्य
गत आर्थिक बर्षमा नेपालबाट ९३ हजार ४ सय २४ जना नेपाली रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) गएको वैदेशिक रोजगार विभागको तथ्याँक छ । पछिल्लो केहि बर्षयता युएईमा रोजगारीका लागि नेपालीको आकर्षण निक्कै बढेको देखिएको छ । यसअगाडीका बर्षहरुमा साउदी अरेविया, कतार तथा मलेसियामा धेरै नेपाली रोजगारीक लागि जाने गरेकोमा पछिल्लो केहि बर्षयता युएई जानेहरुको संख्यामा बृद्धि हुँदै आएको छ । विशेषगरी युएईमा महिला श्रमिकको पनि आकर्षण बढी देखिएको छ । पुरुषको संख्या साउदी अरेविया र युएईबीच झण्डै हाराहारी नै रहेपनि महिलाको संख्यामा भनें ठूलो फरक छ ।

यसैगरी गत आर्थिक बर्षमा ८३ हजार १ सय ६३ जना रोजगारीका लागि साउदी अरेविया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसैगरी ८१ हजार ५ सय ६७ जना रोजगारीका लागि कतार गएका थिए ।

यसैगरी ५९ हजार ७ सय १४ जनाले रोजगारीका लागि मलेसिया जान श्रम स्वीकृति लिएको विभागको तथ्याँक छ । कुवेत जानेहरुको संख्या १६ हजार ८ सय ३२ रहेको छ ।

गत बर्षसम्म वैदेशिक रोजगारमा जानेहरुको उल्लेख्य संख्या रहेकोमा कोभिड १९ का कारण यस आर्थिक बर्षमा सो संख्यामा गिरावट आउने अनुमान छ । यसैगरी रोजगारी गुमाएर स्वदेश फर्किनेहरुको संख्यामा पनि बृद्धि भएका कारण वैदेशिक रोजगारको योजना बनाइरहेकाहरुका लागि चालु आर्थिक बर्ष खासै उल्लेख्य नहुने यस क्षेत्रमा कार्यरतहरुको अनुमान छ ।

यो पनि पढ्नुहोस् खाडी मुलुकमा यो साता १६ नेपालीको मृत्यु, कोरोनाका संक्रमित मध्ये ९३ प्रतिशत निको भए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय