पुनः श्रम स्वीकृति खुल्यो, नयाँका लागि भनें तत्काल नदिइने

वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि पुनः श्रम स्वीकृति खुला भएको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारीमा जानेहरुका लागि आज विहिवारदेखि पुनः श्रम स्वीकृति खुला भएको वैदेशिक रोजगार विभाग अन्तर्गत काठमाडौं कार्यालय, ताहाचलका प्रमुख उमेश बस्नेतले जानकारी दिएका छन् । योसँगै विदामा आएकाहरुका लागि पुनः वैदेशिक रोजगारमा जान बाटो खुल्ला भएको छ ।

बस्नेतका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट पत्र प्राप्त भएका कारण अव पुनः श्रम स्वीकृति लिन आउनेहरुलाई आजैदेखि पुनः श्रम स्वीकृति दिइनेछ । वैदेशिक रोजगारी खुल्ला गरिएका सबै देशको लागि पुनः श्रम स्वीकृति प्रदान गरिने उनले बताए । नयाँ श्रम स्वीकृति भने तत्काल प्रदान गरिने छैन ।

वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईका अनुसार काठमाडौं कार्यालयबाट आज देखि तथा अन्य प्रदेश स्थित श्रम कार्यालयहरुबाट भनें आइतबारदेखि मात्र पुनः श्रम स्विकृति दिन थालिनेछ । टोकल खुलेसँगै वैदेशिक रोजगार कार्यालय, ताहचलमा केहि व्यक्तिले पुनः श्रम स्वीकृतिका लागि टोकन समेत लिइसकेको कार्यालयले जानकारी दिएको छ । काठमाडौं कार्यालयले स्वास्थ्य मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २ २ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइ सकेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत असार ७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो । तर पुनः श्रम स्वीकृति लिएपनि आगामी साउन ७ गते अगाडी उनीहरुमध्ये अधिकाँश विदेश भनें जान सक्ने छैनन् । सो समयसम्मका लागि नियमित उडान स्थगित गरिएको छ ।

यो पनि पढ्नुहोस् १ लाख नेपालीको रोजगारी गुग्यो युएईमा !

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय