दमामबाट पहिलो र रियादबाट चौथो उडान गर्दै नेपाल एयरलाइन्स

साउदी अरव स्थित नेपाली दूतावासले साउदीको दमामबाट पहिलो चार्टर्ड उडान तय भएको भन्दै प्राथमिकता सूचि सार्वजनिक गरेको छ । यहि जुलाई ३ मा दमामबाट नेपाल एयरलाइन्सले पहिलो चार्टर्ड उडान गर्ने जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

सो उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको दमामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको पनि दूतावासद्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।
स्वदेश फर्किन चाहनेहरुले कोभिड १९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

दमामबाट स्वदेश फर्किनेहरुको हवाई भाडा दर अमेरिकी डलर ४३० (साउदी रियाल करिब १६१०) रहेको र हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेका व्यक्तिहरुलाई सम्पर्क गर्न दूतावासले जानकारी गराएको छ ।

टिकट बुकिङ गरेपछि मात्र कोभिड १९ टेष्ट गर्न, परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्न पनि दूतावासले अनुरोध गरेको छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्न र यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने पनि जनाइएको छ ।

यसैगरी नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट ३ जुलाईको दिन नै चौथो उडान गर्ने जानकारी प्राप्त भएको दुतावासले जनाएको छ । सो उडानबाट नेपाल फर्किन चाहनेहरुको प्राथमिकता सूचि पनि दूतावासले सार्वजनिक गरेको छ । रियादबाट नेपालका लागि नेपाल एयरलाइन्सको हवाई टिकटका भाडा दर अमेरिकी डलर ४६५ (साउदी रियाल करिव १७५०) रहेको दूतावासले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय