कतारद्दारा थप सहयोग घोषणा

दोहा, कतारले कोरोना (कोभिड १९) को महामारीसंग लड्न विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई १० मिलियन अमेरिकी डलर (करिव १ अर्व २० करोड रुपैंयाँ बरावर) प्रदान गर्ने घोषणा गरेको छ । कतारका उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले सो रकमले कोरोना भाइरस विरूद्दको खोप पत्ता लगाउन, उपचारमा सहयोग गर्न तथा चेकजाँचका दौरान डब्ल्युएचओलाई सहयोग पुग्ने विश्वास प्रकट गरेका छन् ।

शनिवार गैर नाफामुलक संस्था ग्लोवल सिटिजनले आयोजना गरेको वेव मिटिङमा कतार सरकारका तर्फबाट मिटिङमा सहभागी उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले सो घोषणा गरेका हुन् । डब्ल्युएचओलाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गरेको कतारले यसअघि नै खोप विकासमा २० मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेको छ ।

वेव मिटिङमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले विश्वलाई नै आक्रान्त बनाएको कोरोना महामारीसंग लड्न हातेमालो गरेकोमा युरोपियन आयोगलाई धन्यवाद पनि दिए । त्यसैगरी उनले कोरोना महामारीले विश्वको स्वास्थ्य व्यवस्थालाई मात्र चुनौति दिएको नभई विश्व अर्थतन्त्र, शैक्षिक व्यवस्थाका साथै मानविय मूल्य र मान्यतामै ठूलो धक्का पुर्याएको हुनाले विश्वमै सबैले एकतावद्द भएर भाइरस विरूद्द लड्नुपर्ने आवश्यकता रहेको बताए ।

कतारका उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले यो समयमा विश्व नै राजनीतिक रूपले विभाजित नभइ एकजुट भएर कोरोना जस्तो महामारीलाई पराजित गर्न धेरै भन्दा धेरै चेकजाँच तथा खोप विकासमा एकजुट हुनुपर्नेमा जोड दिए ।

यो पनि पढ्नुहोस् हालसम्म कुन देशबाट कति नेपाली फर्काइए ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय