मलेसियाबाट नेपाल फर्किनेलाई मालिण्डोको भाडा अन्यको भन्दा सस्तो

कोभिड-१९ का कारण मलेसियाबाट स्वदेश फर्किने पर्खाईमा रहेकाहरुका लागि तीनवटा विमान सेवा मध्ये सवैभन्दा सस्तो भाडादर मालिण्डो एयरले प्रस्ताव गरेको छ । मलेसियामा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्किन दूतावासले गरिरहेको सहजिकरणमा तुलनात्मक रुपमा थोरै सस्तो भाडादर मालिण्डोले प्रस्ताव गरेको हो ।

मलेसिया स्थित नेपाली दूतावासका अनुसार हवाई सेवा प्रदायक मध्ये मालिण्डो एयरले एकतर्फी उडानको भाडा १५ सय रिंगिट तोकेको छ । नेपाल एयरलाइन्स तथा हिमालय एयरलाईन्सले भनें १५ सय ९० रिंरिट तोकेका छन् । नेरुमा रुपान्तरण गर्दा ति दुईको भाडा ४५ हजार एक सय पर्दछ ।

दूतावासले हवाई कम्पनीहरुले तोकेको भाडा भन्दा बढी नतिर्न र कुनै बहानामा टिकटको लागि बढी रकम तिर्न बाध्य हुनुपरेमा नेपाली दूतावासमा जानकारी गराउन आग्रह गरेको छ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले यसअगाडी देखि नै मलेसियाबाट नेपालीलाई स्वदेश फर्काउने उडान गर्दै आएका छन् । सो अनुसार जुन २९ मा दुवै विमान सेवाको उडान तय भइसकेको छ भनें जुन ३० का लागि पनि नेपाल एयरलाइन्सको उडान तालिका रहेको छ । मालिन्दो एयरलाइन्सले भनें जुलाई २ र ३ तारिखमा नेपाल उडान गर्ने योजना नेपाली दूतावासलाई उपलव्ध गराएको क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड १९ का कारण अलपत्र परेका यात्रुलाई प्राथमिकताको आधारमा चार्टर्ड फ्लाईट मार्फत स्वदेश फर्काउने क्रम चलिरहेको छ । नियमित उडान नहुँदा स्वदेश फर्किनेहरुले तुुलनात्मक रुपमा महँगो भाडामा स्वदेश फर्किनु परिरहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय