शनिवार कुन देशबाट फर्काइदै छन् नेपाली ?

शनिवार ८ वटा उडान मार्फत नेपालीलाई विभिन्न देशबाट फर्काइदैछ । त्रिभुवन विमानस्थलको उडान तालिका अनुसार नेपाल एयरलाइन्सले हंगकंग, युएईको दुवई, साउदी अरेवियाको रियाद तथा अष्टेलियको मेलवर्नबाट नेपालीलाई स्वदेश फर्काउँदैछ ।

यसैगरी हिमालय एयरलाइन्सले युएईको अबुधावी तथा साउदी अरेवियाको दमामबाट उडान भर्नेछ । कतार एयरवेजले कतारको दोहाबाट तथा दैनिक रुपमा नेपालीलाई फर्काइरहेको जजिरा एयरवेजले कुवेतबाट त्यहाँ रहेका नेपाली फर्काउनेछ ।

शुक्रवार भनें नेपाल एयरलाइन्सले मलेसिया, बहराइनबाट नेपालीलाई लिएर फर्किएको छ । यसैगरी हिमालय एयरलाइन्सले मलेसियाबाट नेपालीलाई फर्कायो भनें एयर अरेवियाले युएईको शारजहाँ, जजिरा एयरले कुवेतबाट नेपालीलाई स्वदेश फर्काएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय