दूतावासको भनाईः बढी भाडाको भ्रामक हल्ला नपत्याउनु

कुवेत स्थित नेपाली दूतावासले कुवेतबाट नेपालका लागि ४ सय १० अमेरिकी डलर हवाई भाडा तोकिएको भन्दै त्यस विपरितको भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । दूतावासले हालै सामाजिक सञ्जालमा हिमालय एयरलाइन्सको उडान भाडा १ सय ९० कुवेती दिनार रहेको जसमा कोरोनाको जाँच समेत गरिने भनि प्रचार गरेको बुझिन आएको भन्दै यसमा स्पष्ट पारेको हो ।

यसरी धेरै भाडा तोक्न दूतावासको कुनै भूमिका नरहेको र दूतावासले जारी गरेको सुचनामा पनि यस सम्वन्धमा कुनै कुरा नलेखिएको बताएको छ । दूतावासले आधिकारिक सुचनालाई मात्र आधार मान्न आग्रह गरेको छ ।

कुवेत स्थित नेपाली दूतावासले गत गत असार ४ गते जारी गरेको सुचनामा कुवेतबाट नेपालका लागि एकतर्फी हवाई भाडा ४ सय १० अमेरिकी डलर बरावरमात्र रहेको उल्लेख छ जुन कुवेती दिनारमा झण्डै १ सय २७ हुन आउँछ । तर हिमालय एयरलाइन्सले आगामी उडानका लागि प्रतिव्यक्ति १ सय ९० को भाडादर सार्वजनिक गरेको भन्दै यसको विरोध सुरु भएपछि दूतावासले प्रष्ट पारेको हो ।

हिमालय एयरलाइन्सको फेसबुक पेजमा पनि जुन २३ का लागि तालिकामा रहेको कुवेतबाट नेपालको उडानको भाडा दर ४ सय १० अमेरिकी डलर नै उल्लेख गरिएको छ । तर हिमालय एयरको टिकट काट्ने कुवेत स्थित एक ट्राभल्स अल वसित ट्राभल्स एण्ड टुरिजमले १ सय ९० दिनार भाडा सहितको जानकारी सम्प्रेषण गरेपछि त्यसको विरोधमा आवाज चर्किएको हो ।

यो पनि पढ्नुहोस् कोरोनाको कारण विदेशमा रहेका नेपालीः एक साताको यस्तो छ अवस्था

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: