मलेसियाबाट नेपाल फर्किन ईच्छुक ६ हजार २ सयको संशोधित सूचि दूतावासद्दारा सार्वजनिक

मलेसिया स्थित नेपाली दूतावासले त्यहाँबाट नेपाल फर्किन ईच्छुक भई फारम भरेकाहरुको संशोधित सूचि सोमवार सार्वजनिक गरेको छ । सो सूचि अनुसार ६ हजार २ सय ८८ जना नेपाल फर्किन ईच्छुक देखिएका छन् ।

दूतावासले निकालेको सूचिमा नेपाल फर्किन चाहने व्यक्तिको नाम, नेपाल ठेगाना, क्वारेण्टिनमा कहाँ बस्न ईच्छुक, भिसाको प्रकृति, कार्यरत कम्पनी तथा नेपाल फर्किनुपर्ने कारण उल्लेख छ ।

यसैगरी ईण्डोनेसियामा रहेर नेपाल फर्किने पर्खाईमा रहेकाहरुलाई पनि मलेसिया स्थित दुतावासले मलेसिया हुँदै फर्किन सक्ने भन्दै सम्वन्धित वायुसेवाका प्रतिनिधिहरुसँग सम्पर्क गरी टिकट लिन सक्ने जनाएको छ । ईण्डोनेसियाबाट नेपाल फर्किन दूतावासले २४ जनाको सूचि प्रकाशित गरेको छ ।

फर्किने सूचिमा नाम परेका मध्ये कोहि अवैधानिक रुपमा बसेको भएमा त्यस्ता व्यत्तिले भनें टिकट नकाट्न दूतावासले सूचित गरेको छ । यसैगरी रोजगारी भिसामा आएका तथा भिसाको म्याद सकिएकाहरुले चेकआउट मेमो लिएर मात्र स्वदेश फर्किन सक्ने दूतावासले स्पष्ट पारेको छ । यसअगाडी नै चेकआउट मेमो लिइसकेको तर त्यसको म्याद सकिइसकेको भए पनि त्यस्ता व्यक्तिहरु स्वदेश फर्किन सक्नेछन् । यसरी स्वदेश फर्किनेहरुको सात दिन भित्र कोेभिड १९ को परीक्षण गरीएको हुनुपर्दछ ।

दूतावासको सूचि हेर्नु यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: