सुखद खवरः यो हप्ता विदेशमा कोरोनाका कारण कुनै नेपालीको मृत्यु भएन

 

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा कुनै पनि नेपालीको मृत्यु नभएको गैर आवासिय नेपाली संघ (एनआरएनए) ले जानकारी दिएको छ । विगत ८ साता लगातार विभिन्न मुलुकमा नेपालीहरुले ज्यान गुमाएका थिए । यो साता भने कोरोना भाइरसको संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन परेन ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो शनिवार साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने ठूलो संख्यामा नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १ सय २७ जना नेपालीले विदेशमा ज्यान गुमाएका छन् भने नेपाल ज्यान गुमाउने संख्या १८ पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण १ सय ४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

सापकोटाका अनुसार नेपालमा ५ हजार ३ सय ३५ सहित विश्वभरका ३५ देशमा २३ हजार १ सय २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसका कारण बेलायत, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ ।

यसैबीच एनआरएनएले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई फराकिलो बनाएको छ । यो साता गर्भवती महिला र बालबालिकाका लागि आर्थिक सहयोग वितरण गरिएको संघले जनाएको छ । संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईका समस्यामा परेका नेपाली गर्भवती महिला र बालबालिकाहरुका लागि थप आर्थिक सहयोग वितरण गरेको हो ।

संघले कोभिड १९ बाट पीडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६–६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । यसअघि संघले मलेसिया, बहराइन, स्पेन, पोर्चुगल, ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
संघले हालसम्म विदेशमा कोभिड पीडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरिसकेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: