यी हुन् मलेसियाबाट नेपाल फर्किनु अगाडी कोभिड जाँच गराउन सकिने क्लीनिकहरु

 

मलेसिया स्थित नेपाली दूतावासले स्वदेश फर्किनु अगाडी कोभिड १९ को जाँच गराउन सकिने क्लीनिकहरुको सूचि सार्वजनिक गरेको छ । नेपाल फर्किनेहरुले स्वदेश फर्किनु अगाडी ७ दिन भित्र कोभिड १९ जाँच गरेको प्रमाणपत्र आफ्नो साथमा लिएर आउनु पर्ने व्यवस्था सरकारले गरेको छ । सो अनुरुप कोभिड जाँचका लागि मलेसियाका विभिन्न स्वास्थ्य संस्थाहरुको सूचि दूतावासले सार्वजनिक गरेको हो ।

मलेसियाबाट फर्किन चाहेर दूतावासको फारम भरेकाहरुले प्राथमिकता सूचिमा परेपछि दूतावाससँग सम्पर्क गरी उडानको विषयमा यकिन भएपछि मात्र यस्तो स्वास्थ्य जाँच गराउनु उचित हुन्छ । फारम मात्र भरेको तर प्राथमिकता सूचिमा नपरेको अवस्थामा हतारमा त्यस्तो स्वास्थ्य परीक्षण गराएमा समयावधि कटेर रकम त्यसै खेर जानेतर्फ भनें सचेत हुनु पर्दछ ।

हेर्नुहोस् दूतावासले तयार पारेको सूचि यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: