कोभिड १९ का कारण स्वदेश फर्किनु पर्ने अवस्थामा पनि विदेशमा अप्ठ्यारोमा रोकिएकाहरुको उडान सुरु हुने तयारीसँगै मलेसिया स्थित नेपाली दूतावासले प्राथमिकता सूचि सार्वजनिक गरेको छ ।
दूतावासले तयार पारेको १ हजार ५ जनाको सो सूचिमा विरामी परेर घर फर्किनुपर्नेहरु, श्रम करार सकिएकाहरु लगायत छन् ।
मलेसियाबाट स्वदेश फर्किन चाहनेहरुले आफैंले टिकट काटेर फर्किन पाउने व्यवस्था सहित विहिवार नै उडान तालिका सार्वजनिक भएको छ । सो अनुसार मलेसियाबाट पहिलो उडान जुन १५ तारिखमा हुनेछ । जुन १५ को दिन मलेसियाबाट नेपाल एयरलाइन्सको उडान हुनेछ ।
यसैगरी जुन १८ मा हिमालयन एयरलाइन्सले उडान गर्नेछ । जुन २० मापुनः नेपाल एयरलाइन्सको नै उडान तय गरिएको छ भनें जुन २१ का लागि हिमालयन एयरलाइन्सको उडान हुनेछ ।
तर यसरी फर्किन चाहनेहरुले टिकटको रकम आफैंले तिर्नुपर्नेछ । चार्टर्ड फ्लाईटमा असाध्यै महँगो भाडादर तोकिएको भन्दै यसको विरोध सुरु भएको छ ।