‘स्वास्थ्य सम्वन्धि अवरोध’ भन्दै रद्द भयो उडान

कुवेतबाट नेपालीहरुलाई बुधवार जजिरा एयरको फ्लाईट मार्फत स्वदेश फर्काउने भनिएपनि विहानका लागि तोकिएको फ्लाइट निर्धारित समयमा हुन नसकि रद्द भएको छ । फ्लाईटको व्यवस्थापनका लागि बुधवार विहान कुवेतको विमानस्थल पुगेका एक नेपाली कर्मचारीका अनुसार फर्काइनेहरुको ‘स्वास्थ्य सम्वन्धि अवरोध’ भन्दै फ्लाइट रद्द भएको जानकारी दिइएको थियो । उनका अनुसार विहानको फ्लाइट हुन नसकेपछि हाल त्यसलाई कुवेतबाट बेलुकी ६ः१५ का लागि पुनः राखिएको छ । तर त्रिभुवन विमानस्थलमा भनें यस बारेमा कुनै जानकारी छैन । अव कुवेतबाट सम्भवतः विहिवार दुईवटा फ्लाइट हुनेछ ।

यसअघि कुवेत स्थित नेपाली दूतावासले जजिरा एयरले दुईवटा फ्लाइट मार्फत घरफिर्ति केन्द्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने जानकारी दिएको थियो । बुधवार फ्लाइट किन हुन सकेन भन्ने बारेमा जानकारी लिन पटक-पटक सम्पर्कको प्रयास गर्दा पनि कुवेत स्थित नेपाली दूतावासका कोहि पनि जिम्मेवार व्यक्ति सम्पर्कमा आउन चाहेनन् ।

मंगलवार नेपाली राजदूतावास कुवेतकी सुचना अधिकारी समेत रहेकी द्धितिय सचिव जानकी ओझाले आममाफी मार्फत कुवेत सरकारको घरफिर्ति केन्द्रमा राखिएकाहरुलाई स्वदेश फर्काउने बताएकी थिइन् । उनले स्वदेश फर्काईनेमा घरफिर्ति केन्द्रमा रहेकाहरु नै रहेको बताएकी थिइन् । यसका लागि उनीहरु सवैको नामावली र विवरण सम्बन्धित निकायलाई बुझाई सकिएको उनको भनाई थियो ।

दूतावासका अनुसार घर फिर्ति केन्द्रमा रहेका बाहेक करिव ४ हजार नेपालीहरुले राजदूतावासमा स्वदेश फिर्तिका लागि फारम भरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय