विदेशबाट नेपालीलाई फर्काउने विषयलाई व्यवस्थीत बनाउन माग

तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको सरकारले सुरुवात गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएएनए) ले स्वागत गरेको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु भएकोमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताएका छन् । सरकारले लकडाउन भएको ७४ दिन पछि सरकारले पहिलो पटक म्यानमारबाट २६ जना र युएईबाट १६८ जना नेपाली फर्काएको छ।

विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीहरुको फिर्ति प्रक्रियालाई व्यवहारिक बनाउन संघले नेपाल सरकारलाई आग्रह गर्ने भएको छ ।
एनआरएनए अध्यक्ष पन्तले नेपालीको फिर्तिको लागि भोगेका समस्याका बारेमा तत्काल परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र कोभिड १९ उच्चस्तरिय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिएको एनआरएएनएद्दारा गठित ‘कोभिड १९, उच्चस्तरी समिति’ का मिडिया संयोजक चिरन शर्माले जानकारी दिएका छन् ।

यसैगरी गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माले विदेशमै पीसीआर टेष्टको सम्भावना न्यून रहेकाले भारत सरकारले जस्तै सामान्य स्वास्थ्य सर्टिफिकटले नेपाल जान पाउने गरि बाटो खोल्नु पर्ने बताए । महासचिव डा. शर्माले विदेशस्थित नेपाली दूतावासमा समेत होल्डिङ्ग (क्याम्प) सेन्टरको आवश्यकता रहेको औँल्याए । उनले विदेशमा रहेका नेपालीहरुलाई विमानस्थलसम्म पुर्याउनका लागि दुतावास र संघको सहकार्यमा होल्डिङ्ग सेन्टर बनाउन सकिने बताए ।

संघले विदेशमा रहेका शव नेपाल फर्काउन र आफैँ पैसा तिरेर जान नसक्ने नेपालीहरुको लागि आवश्यक सहयोगका लागि पनि नेपाल सरकारलाई आग्रह गर्ने शर्माले बताएका छन् ।

संघले विश्वका विभिन्न मुलुकमा छरिएका नेपाली दुतावाससँग सहकार्य गर्न संघ र दुतावासबीच संयन्त्र बनाएर अगाडि बढ्न सकिने धारणा राख्दै आएको छ । यसअघि संघले नेपालीहरुको फिर्तिको लागि सहयोग गर्न आफ्ना सबै शाखालाई निर्देशन दिइसकेको छ ।

यो पनि पढ्नुहोस् विदेशमा कोरोनाका कारण नेपालीको मृत्यु र संक्रमणको दरमा कमी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: