युएईको एयरपोर्टमा बोर्डिंग पास लिएर उडान पर्खदै नेपालीहरु

युएईको शारजहा अन्तराष्ट्रिय विमानस्थलमा केहि नेपाली नेपाल उड्ने पर्खाईमा छन् । उनीहरुलाई बोर्डिग पास समेत दिइसकिएको छ ।  उनीहरुलाई एयर अरेवियाको फ्लाईट नं जि नाईन १७५१ नम्वरको फ्लाईटबाट नेपाल पठाउने तयारी गरिएको छ ।

यात्रुहरुलाई दिइएको बोर्डिङ पासमा उडान युएईको समयअनुसार ११ः२० बजेको रहेको छ । त्रिभुवन विमानस्थल श्रोतका अनुसार उडान योजनामा सो फ्लाइट काठमाडौंमा बेलुकी ५ बजे अवतरण हुने तालिका पठाइएको छ । १ सय ५७ जना नेपालीलाइ फर्काउन लागिएको बताइएको छ ।

नेपालको सरकारी निकायसँग आवश्यक समन्वय नभएको भन्दै सो उडान हुने/नहुुने अन्यौलका बीच उनीहरु स्वदेश फर्किन पाइने आशामा छन् ।  यस विषयमा युएई स्थित नेपाली दूतावास मार्फत समन्वय भइरहेको श्रोतले बतायो । तर विमानस्थल श्रोतले भनें उडान तालिकामा राखिसकेको उडान सामान्यतया फेरवदल नहुने बताएको छ ।

दूतावासले पहिलो प्राथमिकतामा उड्नु पर्नेहरुको सूचि बनाइरहँदा एयर अरेवियाले भनें अन्य व्यक्तिलाई नै उडाउन खोजेपछि समस्या भएको हो । त्यसरी फर्किनेहरुको टिकट वापतको रकम कतिपयको कम्पनीले तथा कतिपयले भनें आफैं काटेर उड्न खोजेपछि समस्या सिर्जना भएको श्रोतले बताएको छ ।

दूतावासले भनें समस्यामा परेर स्वदेश फर्किन खोजेका मध्ये प्राथमिकताको सूचि बनाएर सोही अनुरुप फर्काउने तयारी गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय