विदेशमा अलपत्र परेकाहरुको भोलीदेखि उद्दार सुरु हुने

कोभिड-१९ का कारण विदेशमा समस्यामा परेर स्वदेश फर्किने पर्खाइमा रहेकाहरुको उद्दारको काम भोली (शुक्रवार) देखि सुरु हुने भएको छ । यसको सुरुवात म्यानमारबाट हुनेछ जहाँ समस्यामा फसेका ३५ जना नेपालीलाई स्वदेश फर्काईदै छ । यसका लागि म्यानमारकै सैनिक विमानले ति नेपाली लिएर आउनेछ ।

नेपालमा रहेका बर्मेली नागरिक समेत लिन आउने सो विमानमा नेपालीलाई ल्याइदिन नेपाल सरकारले गरेको अनुरोध अनुसार उनीहरु फर्काइन लागेका हुन् ।

यसैगरी भोली नै युएईबाट पनि नेपालीलाई नेपाल ल्याउने तयारी छ । पहिलो चरणमा झण्डै दुई सय नेपाली युएईबाट फर्काउन लागिएको हो । यो सँगै विदेशमा रहेका नेपाली फर्काउने कामको सुरुवात हुनेछ । यसरी फर्काइएकाहरुलाई होल्डिंग सेण्टरमा राखिने र त्यसपछि क्वारेण्टिन वा होटलहरुमा राख्ने तयारी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय