विदेशबाट फर्काइनेहरुलाई राख्न तयार भए होल्डिङ सेन्टर र क्वारेण्टिनहरु

 

कोभिड १९ का कारण विदेशमा अलपत्र परेका र स्वदेश फर्किने प्राथमिकतामा परेकाहरुलाई सरकारले उद्दार पश्चात राख्ने स्थान तयार पारेको छ । यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका गरी ९ वटा पार्टी प्यालेसहरुलाई होल्डिङ सेन्टरका रुपमा तयार पारिएको छ । यसैगरी ४ वटा क्वारेन्टिन पनि तयार भएका छन् ।

विदेशबाट फर्किनेहरुलाई सुरुमा राख्नका लागि मिराकल पार्टी प्यालेस, सुकेधारा, कुण्डलिनी दरबार ब्यांक्वेट, चप्पल कारखाना, यती पार्टी प्यालेस, बसुन्धरा, मण्डला पार्टी प्यालेस, ग्वार्को, इम्पेरियल पार्टी प्यालेस, भक्तपुर, हेरिटेज पार्टी प्यालेस, सिद्धार्थ कटेज, धोबीघाट, डिलाइट पार्टी भेन्यु, ललितपुर, स्काइजोन पार्टी प्यालेस, धुम्बाराही तयार पारिएका छन् । विदेशबाट फर्किने मध्ये प्रदेश नं १ का नागरिकलाई सल्लाघारीस्थित इम्पेरियल ब्यांक्वेटमा तथा प्रदेश नं २ का नागरिकलाई मध्यपुर थिमि स्थित हेरिटेज ब्यांक्वेटमा होल्ड गरिने जानकारी दिइएको छ ।

यसैगरी विद्युत् प्राधिकरण तालिम केन्द्र, खरिपाटी, मनमोहन मेडिकल कलेज, दहचोक, काठमाडौं मेडिकल कलेज, दुवाकोट तथा इचंगुनारायण आवास क्षेत्रमा क्वारेण्टिनका लागि तय गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय