युएईबाट नेपाल फर्किन चाहनेहरुले ध्यान दिनु पर्ने कुराहरु

संयुक्त अरव ईमिरेट्स (युएई) स्थित नेपाली दूतावासले स्वदेश फर्किन फारम भरेकाहरुलाई क्रमशः नेपाल लैजाने तयारी भइरहेको भन्दै धैर्यतापूर्वक पर्खिन आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गरी नेपाल प्रस्थानपूर्व गरिने कोभिड १९ परीक्षणका लागि नेपाली राजदूतावासले युएई सरकारसँग समन्वय गरेर मिति, स्थान र समयका बारेमा जानकारी गराउने बताएको छ ।

राजदुतावासले युएई सरकारले मार्च १ पछि समाप्त भएको भिसाको म्याद डिसेम्वर २०२० सम्मका लागि स्वतः नविकरण गर्ने स्पष्ट पारेको छ । यसैगरी मार्च १ अगाडी भिसा समाप्त भएकाहरुका लागि पनि जुन १ बाट लागू हुनेगरी ३ महिनाभित्र स्वदेश फर्केमा सम्पूर्ण जरिवाना मिनाहा हुने उल्लेख छ ।

उडान सुचारु नभएसम्म गैरआवासिय नेपाली संघ र नेपाली समाजसँगको सहकार्यमा केहि राहत वितरणको कामलाई राजदूतावासले निरन्तरता दिने जनाएको छ ।

स्वदेश फर्किन राजदूतावासको वेभसाइट वा फेसबुकमा एकपटक फारम भरिसकेकाहरुको विवरण प्राप्त भइसकेको हुनाले पुनः फारम नभर्न पनि दूतावासले अनुरोध गरेको छ ।

सोधपुछका लागि राजदूतावासले सम्पर्क अधिकारीहरु तथा उनीहरुको सम्पर्क नम्वर र ईमेल सहित निकालेको सुचना हेर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: