सिटामोल पनि पाएका छैनौं भन्दै भाईरल हुने नेपाली महिलाहरुले ढाँटेकै हुन् ?

 

कुवेतमा कागजातविहिन रुपमा बसेका र आममाफी कार्यक्रममा सहभागि भएर स्वदेश फर्किन हाल सेल्टरमा बसिरहेका केहि नेपाली महिलाले अनावश्यक रुपमा आफूहरु समस्यामा परेको प्रचार गरेको एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिएका छन् । ति महिलाहरुले गलत प्रचार गरेको भन्दै त्यसो नगर्न उनले अनुरोध पनि गरेका छन् ।

एनआरएनए, कुवेत अध्यक्ष केसीले कुवेतको सेल्टरमा रहेका केहि महिलाहरुले खान समेत पाएका छैनौं भनेर गलत प्रचार गरेको बताए । अध्यक्ष केसीले उनको फेसबुकमा लेखेका छन्:

“लाज मान्नुस चेलीहरु ।। दुताबास, नेपाल र नेपालीहरु लाई कुवेत सरकारको नजरमा गिराउने हर्कत नगर्नुस । सन्दर्भ कुवेतको सेल्टरमा रहेका चेलिहरुको । खान पाएका छैनौं भन्नु भयो । बुझ्दै जादा दुई समय राम्रो खान अरु बेला केरा दहि दिने रहिछ । भुईमा सुतेका छौ भन्नु भयो, जमिनमा बिछाएको राम्रो बेड रहेछ। थप कपडा पनि सिबिरहरु मा उपलब्ध रहेछन । जाडो भए थप कम्बल पनि पाईने रहेछ ।

सिटामोल पनि पाएका छैनौं भनि भाईरल हुने चेलिहरु अलिकति पनि लाज लागेन ? कुवेत सरकारले प्रत्येक सिबिरमा हेल्थ डेक्स राखेको छ । त्यहाँ ६ जना नर्स र २ जना डक्टर छन । निकै समस्या छ भन्ने सुनेर एनआरएन टिमले लगेको, पानडोल, फुलुड्रक्स कोलोरासेपित , कफ सिरफ जस्ता दबाईहरु फिर्ता लिएर आएका छौ । सबै शिविरमा मेडिकल टिम छ । यहाँसम्म कि लेडिजहरुले प्रयोग गर्ने प्याड समेत तेहा वितरण गरिएको छ ।

दुतावास र एनआरएनको अगाडि त्यहाँ रहेका सयौं चेलीहरुले सवै कुरा उपलब्ध भएको भने। आफ्नै आँखाले शिविर भित्रको मेडिकल टिम दवाई देखेर आएका छौ । कुवेत सरकारका उच्च अधिकारिले, राजदुत महामहिम दुर्गा प्रसाद भण्डारीलाई सम्बोधन गर्दै भने – हाल शिविरमा धैरै देशका नागरिकहरु छन । अन्य देशका नागरिकहरु सरह उनीहरुलाई ब्यवहार भएको छ । यस्ता प्रोपोगाण्डा बनाउनु हुदैन । हाम्रो तर्फबाट राम्रो गरेका छौ भने । यस्तो महामारीको बेलामा कुवेत सरकारले गरेको सराहनीय कामको सलाम गर्छौ ।

नेपाली दुतावासको टिम शिविरहरुमा भिजिट गरि राख्नु भएको छ । कुनै पनि समस्या भए दुताबासको हट लाईनमा शिविर भित्रबाट पनि फोन गर्न सक्नु हुन्छ । महामहिम राजदुत ज्युको राम्रो कुटनीतिक पहलका कारण कुवेतमा नेपालीहरुले राम्रो उपचार पाएका छन । यो सबै कुराको हेक्का राखौ। कुवेतमा रहनु भएका नेपाली दाजुभाई दिदि बहिनीहरु शिविरमा दबाई पुराउनु पर्दैन, बाहिर रहेका तपाई हामी भन्दा उहाँहरु धेरै सुरक्षित हुनुहुन्छ । बचौ र बचाउ ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय