आजदेखि कतारमा कडाई, मास्क नलगाउनेलाई ठूलो जरिवाना, कैद समेत हुने

कतारले कोरोना भाईरस (कोभिड १९) फैलिन नदिन थप कडाई गरेको छ । कतारमा आज (आईतवार) देखि लागु हुने गरी मास्क नलगाई घर बाहिर हिंड्नेलाई भारी जरिवाना तथा कैद सजाय समेत हुनेछ ।

कतारको आन्तरिक मन्त्रालयले ट्वीटर मार्फत यससम्वन्धि जानकारी विभिन्न भाषामा सम्प्रेषण गरेको छ । सो अनुसार मास्क नलगाई हिंडेको भेटिएमा त्यस्ता व्यक्तिलाई २ लाख कतारी रियालसम्म जरिवाना वा तीन बर्षसम्म कैद अथवा दुवै सजाय हुन सक्नेछ । गाडीमा एक्लै भएको अवस्थामा भनें यसमा छुट हुनेछ । तर कोरोना भाईरसको संक्रमणलाई मध्य नजर गर्दै मास्क लगाउनु नै उचित हुने यस क्षेत्रमा कार्यरतहरु बताउँछन् ।

कतारमा हालसम्म झण्डै ३१ हजार व्यक्तिलाई कोभिड १९ को संक्रमण भईसकेको छ । त्यसमध्ये १५ जनाको मृत्यु भएको छ भने ३ हजार ७ सय ८८ जना निको भएका छन् । कतारमा कोभिड १९ का कुल विरामी मध्ये झण्डै २ हजार ५ सय नेपाली रहेको गैर आवासिय नेपाली संघ (एनआरएनए) को तथ्याँक छ ।

विश्वमा हालसम्म ४७ लाख न्दा बढी व्यक्तिमा कोभिड १९ को संक्रमण भइसकेको छ जसमध्ये ३ लाख १३ हजार २ सय ६० जनाको मृत्यु भएको छ । संक्रमित मध्ये १८ लाख १२ हजार व्यक्ति निको भएका छन् । हाल उपचारका क्रममा रहेका मध्ये झण्डै ४५ हजार गम्भीर विरामी छन् ।

यो पनि पढ्नुहोस् कोरोनाका कारण विश्वभरमा ९६ नेपालीको मृत्यु, ७ हजार बढी संक्रमित

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय