सरकारले वैदेशिक रोजगारबाट फर्किनेहरुलाई उद्यम सुरु गर्न सुरुवाती पुँजी उपलव्ध गराउने

सरकारले वैदेशिक रोजगारीबाट फर्केर उद्यम सुरु गर्न चाहनेहरुलाई सुरुवाती पुँजी उपलव्ध गराउने भएको छ । संसदमा सरकारको अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नवप्रवर्तन, वैदेशिक रोजगारबाट फर्केकाहरु लगायत युवालाई उद्यम व्यवसाय सुरु गर्न सरकारले सुरुवाती पुँजी उपलव्ध गराउने जानकारी गराइन् ।

राष्ट्रपति भण्डारीले सरकारले उद्यम सुरु गर्न चाहनेहरुलाई क्षमता विकास, बजार पहुँच लगायतका काममा सरकारले सघाउने बताइन् । उनले रोजगारसँग सम्वन्धित कार्यक्रमहरु सवै प्रदेशहरुमा विस्तार गरिने पनि बताइन् । सरकारले व्यापक रुपमा रोजगारीका अवसरहरु सिर्जना गर्ने भन्दै युवालाई रोजगारीका लागि कृषि, साना तथा मझौला उद्योग, निर्माण तथा सेवा क्षेत्रमा परिचालन गरिने समेत बताए ।

मुलुकभित्रै पर्याप्त आन्तरिक रोजगारी न भईसकेको अवस्थामा कोभिड १९ का कारण स्वदेशको रोजगारी संकुचित हुने र वैदेशिक रोजगारबाट फर्किनेहरुका कारण बेरोजगारको संख्या बढ्न सक्ने सरकारको धारणा छ ।

सरकारले आवश्यकता अनुसार सवै स्थानीय निकायमा छोटो समयका तालिमहरु सञ्चालन गर्ने भन्दै राष्ट्रपति भण्डारीले स्थानीय रोजगार सेवा केन्द्रमा दर्ता भएका बेरोजगारहरुको तथ्याँकका आधारमा सरकारले श्रम सुचना बैंक स्थापना गर्ने बताइन् ।

यसैगरी वैदेशिक रोजगारबाट फर्केकाहरुलाई सरकारले कृषिमा आकर्षित गर्ने बताइन् । उनले यान्त्रिकिकरण, शीत भण्डार लगायतमा सरकारले सहयोग गर्ने पनि बताईन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: