६ महिना होटलहरु बन्द गर्ने निर्णय, कर्मचारीलाई १२.५ प्रतिशत तलव, लिन नमान्नेलाई हटाउने चेतावनी

होटल संघ नेपालले नेपालका होटलहरु ६ महिना बन्द गर्ने निर्णय गरेको छ । संघको आज बसेको बैठकले आगामी असोज मसान्तसम्मका लागि होटलहरु बन्द गर्ने निर्णय गरेको हो । संघमा नेपालका ठूला होटलहरु सदस्य छन ।

संघको बैठकले होटलहरुमा कार्यरत कर्मचारीलाई बन्द अवधिभर (६ महिनासम्म) आधारभूत तलवको १२.५ प्रतिशत मात्र रकम उपलव्ध गराउने र सो तलव लिन नमान्ने कर्मचारीलाई जागिरबाट हटाउने समेत निर्णय गरेको छ । संघको निर्णयमा भनिएको छः १२.५ प्रतिशत तलव लिन नमान्ने कर्मचारीहरुलाई सोही मितिदेखि सवैै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया शुरू गरेको सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने छ ।

यो पनि पढ्नुहोस् कोरोनाबाट ७३ नेपालीको मृत्यु, ५ हजार ३ सय ६ जनामा संक्रमण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: