विदेशबाट नेपाली फर्काउन गैर आवासिय नेपाली संघले सहयोग गर्ने

विदेशस्थित नेपाली फर्काउन गैर आवासिय नेपाली संघ (एनआरएनए) ले सरकारलाई सघाउने भएको छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन गरेको निर्णयलाई स्वागत गर्दै संघले यस्तो निर्णय गरेको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन् । उनले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षित रुपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताए ।

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार आफ्ना राष्ट्रिय समन्वय परिषदहरुसँग छुट्टै छलफल गरेको छ । विश्वभर छरिएका ८० भन्दा बढी शाखाहरुमा कोभिड भाइरसले पारेको प्रभाव, राहत र उद्धारको बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । छलफल मध्यपूर्वमा रहेका श्रमिकहरुको समस्याको बारेमा केन्द्रीत भएको संघले जनाएको छ ।

बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुले आ–आफ्ना देशमा रहेका नेपालीका समस्याको बारेमा भनाइहरु राखेको संघले जनाएको छ ।

यो पनि पढ्नुहोस् कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १ सय २८ पुग्यो, खाडीमा ३३ ले ज्यान गुमाए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय