वैदेशिक रोजगारका क्रममा कोरोनाका कारण समस्यामा पर्नुभयो ? मद्दतका लागि फारम भर्नुहोस्

वैदेशिक रोजगारका क्रममा रहँदा कोरोना भाइरस (कोभिड १९) का कारण समस्यामा परेका नेपाली श्रमिकलाई मद्दत गर्न प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) ले अभियान सुरु गरेको छ । पिएनसीसी वैदेशिक रोजगारबाट फर्केका नेपाली युवाहरुद्दारा नै स्थापित गैरसरकारी सामाजिक संस्था हो ।

कोरोनाका कारण गन्तव्य मुलुकमा नेपाली श्रमिकलाई तत्काल तथा भविष्यमा पनि गर्न सकिने सहयोगको पूर्वतयारी स्वरुप अभियान सुरु गरिएको पिएनसीसीका अध्यक्ष कुल प्रसाद कार्कीले बताए ।

पिएनसीसीका अनुसार मलेसिया, साउदी अरेविया र कतारमा तत्काल मद्दत आवश्यक परेका व्यक्तिहरुलाई सो संस्थाका वाह्य सम्पर्क अधिकृतहरु मार्फत सहयोग उपलव्ध हुनेछ । लकडाउन पश्चात गन्तव्य मुलुकहरुमा रहेका नेपाली श्रमिकलाई गर्नुपर्ने सहयोगको बारेमा पनि फारम मार्फत जानकारी प्राप्त हुने अध्यक्ष कार्कीले बताए । कोरोनाका कारण समस्यामा परेर सहयोगको खोजीमा रहेका व्यक्तिले सो संस्थाले तयार पारेको फारम भर्नुपर्ने हुन्छ ।

मद्दतका लागि फारम भर्न यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय