असल काम तपाई हामीले नै गर्ने हो, हातेमालो गरौं

 

सुजना जोशी
कोरोना भाईरस (कोभिड १९) को कारणले अहिले विश्व नै ठप्प छ । सो भाइरस विरुद्दको खोप तयार नभइसकेका कारण यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन नै सुरक्षित हुने एकमात्र उपाय हो । तसर्थ झण्डै एक महिनायता नेपालमा पनि एकान्तवास चलिरहेको छ ।

अहिलेको परिस्थिति विषम छ । यो समयमा नकारात्मक विषयमा चर्चा परिचर्चा गरिरहनु भन्दा सबै मिलेर यस समस्याको सामना गर्नु नै बुद्दिमानी हुनेछ । अहिले हाम्रो देश मात्रै होईन विश्वको अर्थतन्त्र नै संकटपूर्ण अवस्थामा पुगेको छ । अधिकाँश प्रकृतिका व्यवसाय चौपट अवस्थामा छन् जसको मार श्रम गरेर जिविकोपार्जन गर्ने श्रमिक वर्गमा प्रत्यक्ष रुपमा परेको छ । यसरी अस्तब्यस्त भएको अवस्थामा हरेक क्षेत्रलाई सामान्य अबस्थामा आउन केही समय लाग्छ । त्यसैले केही समय पछि विश्व अर्थतन्त्रमा देखिने आर्थिक संकटबाट हाम्रो देशलाई जोगाउनका निमित्त गर्न सकिने कामको बारमा छलफल गर्नु र त्यसको थालनी गर्नुपर्ने समय आएको छ ।

अहिलेसम्म हाम्रो देशले स्वास्थ्य सेवाको क्षेत्रमा राम्रो फड्को मार्न सकेको छैन । यो अवस्थालाई मनन् गर्दै सातै प्रदेशमा स्वास्थ्यका सम्पुर्ण सेवालाई बलियो बनाउनु पर्ने प्राथमिक काम हो । यसका लागि यस्तो महामारी तथा सरुवा रोगलाई लक्षित गर्दै अत्यावश्यक सामग्रीहरूको ब्यवस्थापन, प्रयोगशाला निर्माण, भेन्टिलेटर, आईसियू निर्माण जस्ता सुविधा बिस्तारमा तत्काल जुटिहाल्नु आवश्यक छ ।

यसैगरी अन्तराष्ट्रिय मन्दी सँगसँगै बैदेशिक रोजगारीमा रहेका धेरै नेपाली श्रमिकहरू जसको रोजगारी जोखिममा छ उनीहरु स्वदेश फर्किने सम्भावना देखिएको छ । यसैगरी युवा जनशक्ति जो देश निर्माणमा जुट्न चाहन्छ, त्यसलाई परिचालन गर्ने यो उपयुक्त समय हो । नेपालमै रहेको युवा जनशक्ति र बिदेशिएका नेपाली श्रमिकहरुलाई परिचालन गरी आफ्नै देशको उर्वरा भूमीमा कृषि क्रान्ति गर्ने बेला भएको छ । कृषिलाई यान्त्रिकिकरण गरेर, खेतीयोग्य जमिनलाई चक्लाबन्दी गरी ब्यवसायीकरण गर्न अव ढिला गर्नुहुन्न । अहिलेको महामारीको बन्दाबन्दीले विश्वलाई नै खाद्यान्न संकट पर्ने हुँदा बेलैमा यसतर्फ पाईला चाल्नु समय सान्दर्भिक हुनेछ ।

मानव समुदायको लागि चुनौती बनेर आएको कोरोना भाईरस (कोभिड १९) लाई परास्त गर्न एकजुट भएर लाग्दै गर्दा हाम्रो परम्परागत चिकित्सा र आयुर्वेदिक चिकित्सा क्षेत्रमा अध्ययन अनुसन्धान गरी नयाँ सम्भावनाका ढोकाहरू खोल्न सकिन्छ । अहिले धेरै सुनिदै आएको बिभिन्न रोग प्रतिरोधात्मक क्षमता भएका स्थानिय जडिबुटीहरूलाई खोजको बिषय बनाई अनुसन्धान गर्न सम्बन्धित बिशेषज्ञलाई अभिप्रेरित गर्न सकिन्छ । हामीमा आत्मविश्वास र दृढसंकल्प हुनुपर्दछ र यो सबै सम्भव हुन सक्दछ ।

महामारीको यो अवस्थाले अर्को एउटा नगरिनहुने देखाएको विषय श्रमिक पञ्जिकरण पनि हो । स्थानिय सरकारले राहत वितरण गर्दैगर्दा त्यसरी राहत लिने श्रमिकहरुको विवरण राखेर नै आगामी दिनमा असंगठित क्षेत्रका श्रमिकहरुको पहिचान गर्न र तथ्याँक तयार पर्न सकिन्छ । यसले आगामी दिनमा आइपर्ने विपद्का समयमा होस् वा अन्य विषयमा उनीहरुको परिचालन, व्यवस्थापनमा सहजता ल्याउँछ । देश निर्माणमा अग्रणी भूमिका खेल्ने श्रमिक वर्गको परिचालन र ब्यवस्थापनका लागि यसले धेरै सम्भावनाका ढोकाहरू खोल्न सकिन्छ ।

यस घडीमा सकारात्मक परिवर्तन तथा रूपान्तरणको ज्योती बन्न कोही पनि नचुकौं । एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुँदैन । त्यसैगरी दिपक बनेर देशै उज्यालो बनाउने अभियानमा हामी अगाडी बढौं । कुनै पनि असल काम तपाई हामीले नै गर्ने हो, तसर्थ आउनुस देश निर्माणमा हातेमालो गरौं । अहिलेको समय ब्यक्तिगत स्वतन्त्रताका कुरा गरेर नकारात्मक कुराहरू गरेर मात्र समय खेर फाल्ने बेला होईन । अहिले हामी कोरोना भाईरस बिरूद्दको अभियानमा छौं । पहिले यो युद्द जितौं । सम्बन्धित बिशेषज्ञको सल्लाह सुझाव अनुरूप नै सुरक्षाका सम्पुर्ण उपाय अबलम्बन गर्दै, भौतिक दुरी कायम गर्दै एकताबद्द भएर यो महामारीलाई परास्त गरौं । देश समृद्द बनाऔं । सम्भावनाका ढोकाहरू खोलौं, ढिला नगरौं ।

यो पनि पढ्नुहोस् जनैखटिरा, श्रममन्त्री यादव र गुमेको एउटा अवसर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय