घर फर्किन चाहने मध्ये ७६ प्रतिशत नेपाली श्रमिक बेरोजगार

युएईबाट नेपाल फर्किन चाहने नेपाली मध्ये ७६ प्रतिशत बेरोजगार देखिएका छन् । गैर आवासिय नेपाली संघ (एनआरएनए), युएईले स्वदेश फर्किन चाहनेहरुको तथ्याङ्क संकलनका लागि सञ्चालन गरेको अनलाइन विवरण संकलनमा फर्म भर्ने मध्ये सवैभन्दा धेरै बेतलवी विदामा बस्न बाध्य पारिएकाहरु रहेका छन् ।

संघले नेपाली राजदूतावास , युएईमा बुझाएको पत्र अनुसार चैत्र ३० गतेसम्म अर्थात पाँच दिनभित्र फर्म भर्ने पाँच हजार मध्ये ३५ दशमलव ८ प्रतिशत नेपाली श्रमिकले आफू बेतलवी विदामा बस्नु परेको बताएका छन् । यसैगरी २० प्रतिशतले आफ्नो आवासिय भिसाको म्याद सकिएको बताएका छन् भनें ११ प्रतिशत भिजिट भिसाको म्याद सकिएकाहरु रहेका छन् । फर्म भर्ने मध्ये २३ प्रतिशतले भनें हाल पनि आफू काम गरिरहेको बताएको संघले जनाएको छ ।

अनलाइन फर्म भर्नेहरु मध्ये ८५ दशमलव ५ प्रतिशतले आफूहरुको परिक्षण नगरिएको बताएका छन् भनें १४ दशमलव ५ प्रतिशतले भनें आफूहरुको कोभिड १९ को परिक्षण गरिएको बताएका छन् ।

यसरी फर्म भर्नेहरु मध्ये सवैभन्दा धेरै दुवईमा कार्यरत रहेका छन् भनें दोश्रोमा युएईको राजधानी अवधावीमा कार्यरत नेपाली रहेका छन् ।

यो पनि पढ्नुहोस् संकटको समयः धैर्य गरौं, राज्य र नागरिकले कर्तव्य पुरा गरौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: