जव शव कैद भयो ……

 

रञ्जना लम्साल, कावासोती

नोबेल कोरोना भाइरस (कोभिड १९) को कहरले अहिले विश्व आक्रान्त छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने वैदेशिक रोजगारी र अध्ययनमा गएका नेपालीहरुमा पनि जोखिम छ । कति नेपाली घर फर्किने आशामा बसेका छन, तर पूर्वी नवलपरासीको एक परिवार भने त्यो भन्दा फरक अवस्थामा छन् । उनीहरु शवको प्रतिक्षामा छन ।

कावासोती नगरपालिका ३ का लेखराम थारु रोजगारीका लागि साउदी अरेवियामा काम गर्दथे । लेखरामको श्रीमति धनमायासँग दिनहुँ फोनमा कुराकानी भइरहन्थ्यो । तर एक्कासी फोन लाग्न छोड्यो । फोनमा कुराकानी हुन नपाएको १२ दिनमा श्रीमान्को दुर्घटनामा परेर मृत्यु भएको खवर आयो घरमा । गत फागुन १५ गते लेखराम सदाका लागि अस्ताएछन् ।

अव विदेश धेरै नबस्ने पैसाको जोहो गरेसी घर बनाउने र नेपालमै गाडि किनेर चलाउने लेखरामको सपना थियो । श्रीमानसँग फागुन १४ गते फोनमा भएको कुराकानी नै धनमायाको लागि अन्तिम भयो । सधैं सम्झाई बुझाई गर्ने र स्वास्थ्य अवस्था कमजोर छ तिम्रो भन्दै बाहिर गएर काम गर्न नदिने श्रीमानको मृत्यु भएको खवर विश्वास गर्न उनलाई कठिन भएको छ ।

दुई छोरी र एक छोरा मध्ये एउटी छोरीको विहे भईसकेको छ । श्रीमान गुमाउनुको पिडा त छदैंछ त्यसमाथि पनि अव छोराछोरी पढाउने, बढाउने जिम्मेवारीमा उनी एक्लैको काँधमा आएको छ । श्रीमानको शवको प्रतिक्षामा बसेकी धनमायालाई विश्वमा फैलिएको कोरोना कहरले झनै पिरोलेको छ । लकडाउनले सबै मुलुक ठप्प भएको छ । यता धनमायाको पनि प्रतिक्षाको घडि लम्बिदै जाँदा झन् मन बुझाउन गाह्रो भएको छ ।

लेखराम वैदेशिक रोजगारीमा जाने आउने गर्न लागेको करिव १४ वर्ष भयो । एक वर्ष अघि मात्रै छुट्टिमा घर आएर गएका थिए उनी । घरमा आम्दानीको स्रोत परिवारको भरोसाका खम्वा बावुको मृत्युको खबर पाएका छोरीहरु झनै विछिप्त अवस्थामा छन ।

वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको आप्रवासी स्रोत केन्द्र कावासोतीका अनुसार लेखराम थारुको गाडि दुर्घटनामा परेर मृत्यु भएको हो । उनको शव नेपाल ल्याउने प्रक्रियाहरु मिलाउने क्रममा लकडाउनले गर्दा ढिलाई भएको आप्रवासी स्रोत केन्द्रले जनाएको छ । अन्य पनि केहि व्यक्तिको शव स्वदेश ल्याउन लकडाउनका कारण समस्या परेको केन्द्रले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका र अहिले स्वदेश फर्किन हारगुहार गरिरहेकाहरु त स्वदेश फर्किन पाइरहेका छैनन् । यो अवस्थामा विदेशमा मृत्यु भएकाहरुको शव कहिले नेपाल आइपुग्ने हो टुँगो छैन । आफन्त गुमाएकाहरुलाई यसले अझ समस्या थपेको छ ।

यो पनि पढ्नुहोस् संकटको समयः धैर्य गरौं, राज्य र नागरिकले कर्तव्य पुरा गरौं

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: