विदेशमा हुने नेपाली नआत्तिनुुः प्रधानमन्त्री ओली

विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्वदेश फर्कन नपाएका नेपालीहरुलाई नआत्तिन र चिन्तित नहुन प्रधानमन्‍त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक फर्किन केही असुविधा परेको आफूलाई जानकारीमा रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सम्वोधनमा मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु रहँदै आउनु भएको छ। कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ भनेका छन् । उनले यस्तो घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्न अनुरोध पनि गरेका छन् । प्रधानमन्त्री ओलीले विभिन्‍न नियोगहरुमार्फत प्रवासमा रहेका नेपालीहरुको समस्या हल गर्न सक्दो सहयोग गर्ने पनि बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: