मलेसियामा ‘लकडाउन’को समयको तलव काट्न नपाइने

मलेसियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको १४ दिने लकडाउनको समयावधिमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् । उनले मार्च ३१ सम्ममा लागि लगाइएको ‘लकडाउन’को समयको पनि तलव श्रमिकलाई भुक्तानी गरिनुपर्ने बताएका हुन् ।

मलेसियाको अनलाइन मलेसियाकिनीका अनुसार मन्त्री सरभाननाले आवतजावतलाई नियन्त्रण गर्नेगरी लगाइएको ‘लकडाउन’को समयावधिको पनि तलव तथा सुविधा भनें रोजगारदाताले उपलव्ध गराउनु पर्ने बताएका हुन् । यसैगरी ‘लकडाउन’को समयमा कुनै पनि श्रमिकलाई रोजगारदाताले बार्षिक छुट्टी वापतको विदा लिन बाध्य पार्न पाउने छैनन् । बेतलवी विदा लिन पनि श्रमिकलाई बाध्य पार्न पाइने छैन ।

आप्रवासी श्रमिकको अधिकार रक्षामा निक्कै कमजोर मानिने मुलुक मलेसियामा आप्रवासी श्रमिकले यी सवै सुविधाहरु पाउन भनें सहज छैन ।

यो पनि पढ्नुहोस् रोक लगाइएका मुलुकबाट नेपाली पनि आउन नपाउने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय