प्युठान सेवा समाज, कतारको छैठौं अधिबेशनले चुन्यो नयाँ नेतृत्व

प्युठान सेवा समाज, कतारको छैठौं साधारणसभा तथा अधिबेशन गत शुक्रवार दोहामा सम्पन्न भएको छ । कार्यक्रम गैरआवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो क्रममा कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले कतारमा काम गर्दै गर्दा कम्पनीको तर्फबाट समस्यामा परेका पीडित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई साथ सहयोग गर्न हरदम तयार रहेको बताए ।

कार्यक्रममा विभिन्न सामाजिक तथा वैचारिक साथै जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
यसैगरी विशिष्ट अतिथि व्यवसायी तथा समाजसेवी शिव खड्काले प्युठान सेवा समाजले गरेका हरेक सामाजिक कामहरुमा आफूले सदैव हृदय खोलेर तनमनका साथ सहयोग गर्ने प्रतिवद्धता जनाए ।

यसैगरी कार्यक्रमका विशेष अतिथि तथा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष चानक पोख्रेलले पनि शुभकामना मन्तव्यसंगै २२ वर्ष लामो समयसम्म कतारमा कार्यरत हुदैगर्दा कतारमा आफुले भोगेका अनुभव उपस्थित सबैमा सुनाउनुको साथै कतारमा भएको बिकृती बिसङ्गतीका बारेमा चर्चा गरे ।

यसैगरी कार्यक्रमका बिशेष अतिथि जनसम्पर्क समितिका सहमहामन्त्री केदार भुसालले पनि सस्थालाई शुभकामना दिदै सस्थाले बिगत देखी अहिलेसम्म गर्दै आएको सामाजिक कार्यहरुको प्रशंसा गर्दै आगामी आउने नेतृत्वले पनि यसको निरन्तरता दियोस भन्ने शुभकामना दिए ।

यसैगरी महिला समाज कतारकी कार्यवाहक अध्यक्ष अमिना खानले विशेष अतिथिका रुपमा बोल्दै कतारमा कार्यरत महिला दिदिबहिनीहरुलाई महिला समाज कतारलाई अझै सशक्त र बलियो बनाउन महिला समाज कतारमा आवद्ध हुनको लागि अनुरोध गरिन् ।
प्रदेश नम्बर ५ समन्वय परिषद कतारका अध्यक्ष बुद्ध पाण्डेले पनि प्रदेश भित्र रहेका विभिन्न जिल्ला सस्थाहरुको नेतृत्व गर्दै शुभकामना मन्तव्य संगै प्रदेश नम्बर ५ समन्वय परिषद कतार एउटा अभिभावक भएको जिकिर गर्दै संस्थाले चालेका हरेक सामाजिक अभियानमा हातेमालो गर्दै अगाडि बढने प्रतिवद्धता जनाए ।

संस्थालाई शुभकामना दिने क्रममा कतारमा कार्यरत पत्रकार तिल बिक्रम थेबेले संस्थाले स्थापनाकालदेखि हालसम्मको सस्थागत तथा सामाजिक गतिविधि एकदमै सह्रानिय र उत्कृष्ट भएको भन्दै प्युठानी दाजुभाइ तथा दिदिबहिनीहरु एकदमै अनुशासित र धैर्यवान रहेको बताए ।

सो अवसरमा संस्थाले चालेको हरेक सामाजिक अभियानमा सहकार्य गर्ने विभिन्न संघ संस्था, व्यवसायी, समाजसेवी तथा व्यक्तिहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।

अधिवेशनमा बलदेव राना नेतृत्वमा दुई वर्षको कार्यकालमा गरेको सामाजिक कार्यहरुको आर्थिक प्रगति प्रतिवेदन तथा प्युठानको भौगोलिक अवस्थाका बारेमा संक्षिप्त परिचय संस्थाका सदस्य अमृत सुनारले प्रस्तुत गरेका थिए । सस्थाका अध्यक्ष रानाले स्थापना कालदेखि संस्थाले गर्दै आएको सामाजिक काम तथा संस्थाले विभिन्न शीर्षकमा अभियान चालेर पीडितहरुको घाउमा मलम पट्टि लगाएको स्मरण गराउदै आफू संस्थाबाट निवर्तमान भएता पनि आफुले त्यो महसुस नगरेको र संस्थाको लागि हरदम लागिरहने र संस्थालाई अझै गतिशील बनाउन लागिपर्ने बताए ।

बन्दसत्र तथा निर्वाचन समितिका संयोजक तथा निवर्तमान वरिष्ठ सल्लाहकार कमल आचार्यको संयोजकत्वमा गति तीन सदस्यीय निर्वाचन समितिले अध्यक्ष सहित १९ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिको नामावली यस प्रकार रहेको छः
१. अध्यक्ष धर्म सिंह विश्वकर्मा
२. वरिष्ठ उपाध्यक्ष केशर बहादुर केसी
३. द्धितिय उपाध्यक्ष बसन्त बिक
४. तृतीय उपाध्यक्ष दिपेन्द्र थापा
५. महासचिव अमृत बहादुर सुनार
६. सचिव समुन्द्र खड्का
७. कोषाध्यक्ष भिम बहादुर सुनार
८. सह कोषाध्यक्ष रमेश केसी
९. सदस्य रबिलाल सुनार
१०. सदस्य सिताराम सुनार
११. बिष्णु सुनार
१२. सदस्य सरस्वती कुँवर
१३. सदस्य एकराज पुरी
१४. सदस्य भोज पुन
१५. सदस्य भिम बहादुर जिएम
१६. सदस्य अर्जुन खडका
१७. सदस्य ओम प्रकाश केसी
१८. सदस्य विकास सुनार
१९ सदस्य निम बहादुर परियार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय