कुवेतमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्पर्कमा आउन दूतावासको अपिल

हरि कृष्ण न्यौपाने- कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा गत फेब्रुअरी १२ बुधबार,२०२० का दिन ज्यान गुमाएका ६ जना नेपाली मध्ये चारजनाको परिवारलाई सम्पर्कमा आउन नेपाली राजदुताबास कुवेतले अनुरोध गरेको छ।

नेपाली राजदुतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहले भने ‘गत फेब्रुअरी १२ तारिक चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेर मृत्यू भएका ६ जना नेपाली कामदारहरु मध्ये ४ जनाको परिवारहरु अझै नेपाली राजदुताबासको सम्पर्कमा नआएकाले मृतकहरुको शब पठाउने लगाएत अन्य कानुनी प्रकृया अगाडी बढाउन सकिएको छैन। उनले थपे तपाइहरुको संचार माध्यमबाटै मृतकहरुको परिवार तथा आफन्तहरुलाई नेपाली राजदुताबास कुवेतको सम्पर्कमा आउन आग्रह गर्दछु।

कुवेतको मुत्ला दुर्घटनामा ज्यान गुमाउनेहरुको बिबरण निम्न अनुसार रहेको छ:

१. एक बहादुर गाहा , बर्ष, ३०, राहदानी नं ०८३४६२७६, धैरेनी – १, चिडीपानी, पाल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, अनिता गाहा, मृतकको नाता(श्रीमति)

२. गंगा राम चौधरी, बर्ष, ४०, राहदानी नं- ०६९४९९६८, दोधाना- ७,सिराहा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, पन्नाई चौधरी, मृतकको नाता(बुबा)
३. राजु रोका मगर, बर्ष – २४, राहदानी नं – १०६२४०८६, उवा – ४,थवाङ, रोल्पा (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, मन कुमारी रोका मगर, मृतकको नाता(श्रीमति)
४. पूर्ण बहादुर सुनारी मगर, बर्ष, २६, राहदानी नं- ०६४४४००८, बंजारिया- ९, धरमपुर, नवलपरासी (राहदानी अनुसार मृतकको निकटतम ब्यक्ति, थमन सिंह सुनारी मगर, मृतकसंगको नाता(बुबा)

माथी उल्लेखित मृतकहरुका परिवार तथा आफन्तहरुले निम्न नंम्बरहरुबाट सम्पर्क गर्न सक्नु हुनेछ।
नेपाली राजदुताबास कुवेत ००९६५ २५३२१६०३, ६०५ वा हटलाईन ००९६५ ९८८६९१२१

तृतीय सचिब सिंहका अनुसार मृतकहरु वसन्त गुरुङ र श्याम नारायण चौधरीको पारिवार भने नेपाली दुताबास कुवेतको सम्पर्कमा आई सकेका छन। यसैगरि दुर्घटनामा घाइते भएका धर्मेन्द्र कुमार शाहको कुवेतको जाहारा अस्पतालमा उपचार भईरहेको छ भने मनोरथ मण्डल उपचार पछि क्याम्पमा फर्की सकेका छन।

यो पनि पढ्नुहोस् श्रम बजारको नयाँ चुनौतिः रोवोटले खोस्दै छ २ करोड व्यक्तिको रोजगारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय