कुन मेनपावर कम्पनीले तुलनात्मक रुपमा राम्रो सेवा दिन्छ ? वेभसाइटबाट नै हेर्नुहोस्

के तपाई वैदेशिक रोजगारमा जाने योजनामा हुनुहुन्छ ? अनी कुन मेनपावर कम्पनीमा गएमा राम्रो सेवा पाइएला भन्ने जानकारी कहाँबाट लिनुहुन्छ ? एजेण्टको भर पर्नुहुन्छ वा पत्रिका, रेडियोमा आउने विज्ञापनलाई आधार मान्नुहुन्छ अथवा सिधै मेनपावर कम्पनीमा जानुहुन्छ ? तपाईका लागि अर्को एउटा विकल्प पनि उपलव्ध छ उचित मेनपावर कम्पनीको जानकारी हासिल गर्न ।

www.recruitmentadvisor.org ले वैदेशिक रोजगारमा श्रमिक पठाउने मेनपावर कम्पनीहरुको स्तर निर्धारण गर्ने काम गर्दछ । नेपालसँगै ईण्डोनेशिया, फिलिपिन्स, श्रीलंका तथा केन्याका मेनपावर कम्पनीहरुको स्तर निर्धारण यस वेभसाइटमा हेर्न सकिन्छ ।

यो वेभसाइट अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ(आइटीयूसी) ले विभिन्न देशमा रहेका ट्रेड यूनियनहरुसँगको सहकार्यमा सञ्चालन गरेको हो । नेपालमा नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) यसको साझेदार महासंघ हो ।

सो वेभसाइटको विषयमा वैदेशिक रोजगारबाट फर्केकाहरुसँग सुनसरीको ईटहरीमा एक छलफल कार्यक्रम आयोजना गरियो । सो छलफल कार्यक्रम वैदेशिक रोजगारबाट फर्केकाहरुको संस्था रीटर्नी माइग्रेण्ट नेपालसँगको सहकार्यमा आयोजना गरिएको हो । छलफलमा कतार, युएई, साउदी अरेविया, मलेशिया, बहराईन लगायतका मुलुकमा रोजगारी गरेर फर्केका झण्डै ३५ जना सहभागि थिए ।

यसअघि कार्यक्रममा मन्तव्य राख्दै जिफन्ट प्रदेश नं १ का अध्यक्ष किशोर धमलाले नेपाली श्रमिकको विभिन्न गन्तव्य मुलुकमा रोजगारीलाई सुरक्षित र उपलव्धीमूलक बनाउन जिफन्टले दुई दशकभन्दा अगाडी देखि नै काम गरिरहेको जानकारी गराए । उनले गन्तव्य मुलुकमा निश्चित समय रोजगारी गरेर नेपाल फर्किसकेका नेपाली श्रमिकलाई राज्यका विभिन्न निकायबाट उपलव्ध गराइने सेवा, सुविधाका बारेमा पनि जिफन्टले पहल, प्रयत्न गरिरहेको भन्दै राम्रा नीति बनाउन पनि लविङ गर्ने काम गर्दै आएको बताए ।

यसैगरी रीटर्नी माईग्रेण्ट नेपाल, प्रदेश नं १ का अध्यक्ष गोकुल थापाले वैदेशिक रोजगारबाट फर्केका नेपाली मार्फत प्रभावकारी रुपमा सुचना, सन्देश पुर्याउन सकिने भन्दै वैदेशिक रोजगारलाई थप सुरक्षित बनाउन आवश्यक रहेको धारणा राखे । उनले वैदेशिक रोजगारबाट फर्केकाहरुलाई संगठित गर्दै विभिन्न जिल्लामा संगठनहरु तयार भएको र ति संगठनहरु मार्फत सरकारलाई राम्रो नीति बनाउन झक्झक्याउने काम भइरहेको बताए । उनले अझै पनि थुप्रै नेपाली वैदेशिक रोजगारका क्रममा ठगिने क्रम चलिरहेको भन्दै उपयुक्त र राम्रो सेवा दिने मेनपावर कम्पनीको छनौट गर्न www.recruitmentadvisor.org ले सघाउने भन्दै यसका बारेमा बढी भन्दा बढी प्रचार आवश्यक रहेको र त्यसमा रीटर्नी माईग्रेण्ट नेपालको साथ रहने प्रतिवद्दता जनाए ।

यो पनि पढ्नुहोस् प्रधानमन्त्री ओलीको दावीः मुलुकमा नयाँ बेरोजगार थपिएका छैनन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय