होटलमा काम गर्ने श्रमिकलाई एक महिना भित्रमा सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने हानको निर्णय

होटल क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण गर्न होटल संघ नेपाल(हान) ले सदस्य सवै होटलहरुलाई परिपत्र गरेको छ । आइतवार हानले होटलम कार्यरत श्रमिकहरुको सूचिकरण गराउने दायित्व समेत सम्वन्धित रोजगारदाताकै हुने भएका कारण सूचिकरण गराउन आग्रह गरेको हो ।

हानको परिपत्रमा भनिएको छः सामाजिक सुरक्षा कोष ऐनमा सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुनु नगराउनु र योगदान नगर्नुलाई कसुरको रुपमा परिभाषित भएको हुँदा पत्र प्राप्त भएको मितिले ३० दिनभित्रमा प्रत्येक होटलहरुले आफ्ना कामदार तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण गराउन जानकारी गराईन्छ ।

यसअघि गत माघ २२ गते बसेको हानको बैठकले सामाजिक सुरक्षा कोषमा कामदार तथा कर्मचारीलाई एक महिना भित्रमा सूचिकृत गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस् वैदेशिक रोजगारमा सिकेको सीपको महत्व

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय