तलव नपाई फर्किएकाले पाउने भए बाँकी रकम, ७ दिनभित्र विभागमा सम्पर्क गर्नुपर्ने

कतारको मर्करी मेना ईलेक्ट्रोमेकानिकल कम्पनीमा काम गरेको आँशिक तलव नपाई फर्केका नेपालीलाई बाँकी रकम प्राप्त गर्न आवश्यक विवरण सहित निवेदन दिन वैदेशिक रोजगार विभागले सुचना निकालेको छ । विभागले सोमवार निकालेको सुचना अनुसार त्यसरी निवेदन दिने ३३ जना नेपालीलाई वैंक खाता विवरण, नेपाली नागरिकता र राहदानीको प्रतिलिपि सहित निवेदन दिन सुचित गरेको छ ।

रकम पाउन बाँकी ति व्यक्तिले त्यस्तो निवेदन वैदेशिक रोजगार विभाग, बुद्दनगरसँगै श्रम तथा रोजगार कार्यालयहरु (विराटनगर, जनकपृुर, बुटवल, पोखरा, सुर्खेत र धनगढी) मा दिन सक्नेछन् ।

सो कम्पनीमा काम गर्ने ति नेपाली ३ देखि ६ महिनासम्मको तलव नपाई झण्डै अढाई बर्ष अगाडी नेपाल फर्केका थिए । उनीहरुलाई तिर्न बाँकी २ लाख ७५ हजार रियाल (झण्डै ८५ लाख) नेपाल स्थित कतारी दूतावासको संयोजनमा उपलव्ध गराउने यसअगाडी सहमति भएको थियो । सोही अनुरुप रकम उपलव्ध गराउने प्रकृया अगाडी बढेको हो । सो कम्पनी सन् २०१७ मा नै बन्द भइसके पनि कतार सरकारको पहलमा रकम प्राप्त हुने भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट विभिन्न मितिमा सो कम्पनीमा काम गर्न गएका ति नेपालीले सेवा शर्त बमोजिमको रकम नपाएको भन्दै कतार स्थित नेपाली दूतावास तथा नेपाल स्थित वैदेशिक रोजगार विभागमा उजुरी हालेका थिए । उनीहरुले बाँकी रकम दिलाईदिन भन्दै एम्नेष्टि ईण्टरनेशलनमा पनि उजुरी गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय