घटे वैदेशिक रोजगारमा व्यक्तिगत ठगिका मुद्दा

व्यक्तिगत ठगीको उजुरीमा पछिल्लो ७ महिनाको अवधिमा ४४ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ठगी आरोपितहरूका विरुद्ध ८१ प्रतिशत बढी मु्द्दा दर्ता गरेको थियो ।

अर्कोतिर ठगीमा उजुरीकर्ताले दाबी गरेको बिगो रकममा ३० प्रतिशतले गिरावट आएको छ भने विभागले आरोपितहरूका विरुद्ध अदालतमा दाबी गरेको बिगो रकम ३७ प्रतिशतले बढेको विभागको भनाई छ ।

बैदेशिक रोजगारीमा जान चहानेहरू ऐजेन्ट मार्फत धेरै ठगिएको गुनासा पछि सरकारले गत जेठमा खारेज गरेको थियो ।
नेपाल प्रहरीसँगको हालैको सम्झौताले व्यक्तिगत ठगीका घटना थप नियन्त्रण हुने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारको नाममा हुने ठगी कम गर्न वैदेशिक रोजगार विभागले प्रहरीसँग केही समय अघि सम्झौता गरेको थियो ।

वैदेशिक रोजगार विभागले मेनपावरका एजेन्ट खारेज गरे पनि अहिले मेनपावरमा एजेन्टको काम गरिरहेका छन् । तर नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिष्णु गैरे ‘एजेन्ट’ शब्द नै खारेज भईसकेकोले उनीहरूसँग आफूहरूको सम्बन्ध नभएको बताउछन् ।

वैदेशिक रोजगार विभागले एजेन्ट खारेज गरे पनि झोले एजेन्ट काठमाडौंदेखि गाउँ– गाउँसम्म सञ्जाल छ । देश वैदेशिक रोजगारको एजेन्टको अवैधानिक रुपमा काम गर्नेको संख्या एकिन नभए पनि चार देखि पाँच हजारको हाराहारीमा रहेको अनुमान छ । तर वैधानिक रुपमा दर्ता भएका मेनपावर कम्पनीको संख्या ८५४ रहेका छन् ।

वैदेशिक रोजगारमा जाने कामदारको लागि फ्री भिसा फ्रि टिकटको प्रावधान लागु गरे पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: