सामाजिक सुरक्षा कोषमा बैंकलाई कस्दै सरकार

सरकारले सामाजिक सुरक्षा कोषमा सूचिकृत नहुने बैंकलाई सामाजिक सुरक्षा कोषको निक्षेप नदिने भएको छ । कोषमा बैंकहरु आवद्ध हुन आनाकानी गरेपछि कोषले लगानी कार्यविधिमा नै संशोधन गरेर यस्तो व्यववस्था गरेको हो ।

बैंकलाई कोषमा आवद्ध हुन बाध्य पर्ने उद्देश्यले संशोधित बुँदामा ‘सामाजिक सुरक्षा कोषमा संस्था र कर्मचारी सूचीकृत गरेको’ भन्ने व्यवस्था थप गरिएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले निक्षेप पाउनका लागि कोषमा आवद्द हुनु पर्दछ भन्ने सन्देश दिन र प्रेरित गर्न यस्तो व्यवस्था गरिएको बताए ।

निजि क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको व्यवस्था गर्न सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेको छ । तर सरकारले अपेक्षा गरे अनुसार रोजगारदाताहरु तथा श्रमिकहरु यसमा सुचिकृत भइरहेका छैनन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: